एपेन्डिसाइटिस कस्तो रोग हो ? कस्ता हुन्छन् एपेन्डिसाइटिसका लक्षण ?

एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै पनि जान सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ ।
एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ ।
यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ ।
यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् ।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिस दुई प्रकारका हुन्छन् भन्दा पनि हुन्छ ।
कसैमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ । यस्तै अर्को एपेन्डिक्स भने सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
एपेन्डिक्सका लक्षणहरु निम्न अनुसार रहेका छन् ।
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ । एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । समयमा उपचार नपाए प्राण घारत पनि वन्न सक्ने यो रोगको समयमा नै सम्यमता अपनाउनु आवश्यक छ ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७३१०:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्याप्त पानी नपिउँदा का समस्याहरु,जुन पर्याप्त पानी पिउदा आफै हटेर जान्छ