गोरो हुने चाहना छ ? यो पढ्नुहोस तर अत्यधीक प्रयोगले हुन सक्छ प्रजनन समस्या

धेरै समय अगाडी देखी नै तरकारीहरुका एकदमै मन पराइएको तरकारी मध्ये मटर पनि एक हो । हरेक तरकारीहरु पौष्टीक हुन्छन् तर अन्य तरकारीको तुलनामा मटरको माग चिसोको समयमा अत्यधीक हुने गर्दछ । हरीयो मटर मा पोषक तत्वको मात्रा अत्यधीक हुन्छ, डक्टरको सल्लाह मान्ने हो भने हरियो मटर आफ्नो दैनिक तरकारीहरुको सूचिमा राख्न सल्ला दिन्छन् । मटर खानुका फाईदा तथा बेफाइदा दुबै हुन्छन् । आउनुहोस जानौ मटर खानुका फाईदा तथा बेफाइदाहरु ।

मटर खानुका फाइदाहरु

मटरले गोरो बनाउछ छाला

मटरको प्रयोग खानुको अलावा गोरो अनि चम्किलो रुप बनाउनका लागि प्रयोग हुन्छ । रगत पनि सफा बनाउने शक्ती मटरमा भएकाले यसको महत्व अपरम्पार छ । मटर उमालेर पिस्नुहोस अनि बेसार राखेर मजाले फिट्नुहोस, यसको लेप मुहारमा लगाउनाले मुहार चम्किलो बनाउन मद्त गर्दछ ।

एलर्जि तथा जलन हटाउछ

चिसो को समयमा धेरैजसो मानिसहरुको हात तथा खुट्टा मा एलर्जि हुने गर्दछ, जस्तै राता राता फोकाहरु उठ्ने, तथा हात खुट्टा पोल्ने समस्या आउन सक्छ ।
यस्तो समस्याका लागि चिसोको समयमा मटर खानु उचित हुन्छ । शरिरमा आउने खटिराहरुका लागि मटर उमालेको पानीले नुहाएमा यस्तो समस्या कम हुन्छ । शरीरमा आउने अन्य कुनै प्रकारका घाउ तथा खटिराका लागि मटरको लेप बनाएर लगाउनाले फाइदाजनक हुन्छ ।

पेट को क्यानसर बाट छुटकारा

बैज्ञानिकहरुले मटर माथि गरेको परिक्षण अनुसार मटर खाने गर्नाले पेटमा हुने क्यानसर बाट छुटकारा पाउन सकिन्छ । मटरमा क्यानसर प्रतिरोधी तत्व काउमेस्ट्रोल हुन्छ जसले गर्दा क्यानसरका कोशिकाहरु निर्माण हुनवाट रोक्दछ ।

मटर खानुका बेफाईदाहरु

मटरको अत्यधीक प्रयोग गर्नाले यस्तो प्रकारको रोग पनि लाग्न सक्छ भन्ने शायदै तपाई कल्पना पनि गर्न सक्नुुहुन्न । आउनुहोस मटर धेरै खानाले कस्तो समस्या पार्न सक्छ यसवारे चर्चा गरौँ ।

प्रजनन समस्या

मटर धेरै खानाले महिला तथा पुरुषको प्रजनन मा समस्या उत्पन्न हुन सक्छ । थोरै खानाले केही फाइदाहरु भएपनी धेरै खानाले प्रजनन मा उल्टो समस्या उत्पन्न गर्न सक्दछ । एक अनुसन्धानका अनुसार मटरमा पाइने नेचुरल एम जाइलोहाइड्रोक्युन नामक तत्वले प्रजननमा ६० प्रतिसत ह्रास उत्पन्न गर्दछ । महिलाहरुका लागि गर्भाधानका बेला ठुलो समस्या उत्पन्न गर्न सक्छ ।

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७३०८:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोड्नुहोस यस्ता 8 चिज, ठिक ठाँउमा आउछ वजन