पालक पनिर स्वास्थ्य को लागि फाइदाजनक : आउनुहोस एक पटक बनाउने तरीका जानौं

दिइएको परिमाण दुइ जना को लागि

सामाग्री : २०० ग्राम पालक

: १०० ग्राम काटेको पनिर
: एउटा काटेको प्याज
: २ पिस रातो खुर्सानी
: स्वादअनुसार नुन अनि खुर्सानीको धुलो
: आधा चम्मच जीरा
: १ पिस गोलभेडा ‐(टमाटर) काटेको
: १ चम्चा ताजा नौनी ध्यू
: १ चम्चा चिनी
: १/२ चम्चा बेसार
: एउटा टुक्रा दालचिनी
: १ चम्चा तोरीको तेल
बिधि :
१. पालके धोएर पानीमा उमाल्नुहोस् । त्यसपछी पानी निकालेर पालकलाइ पिस्नुहोस । एउटा कराइमा तेल तताउनुहोस । रातो खुर्सानी फुराउनुहोस् ।
त्यसपछी जिरा र दालचिनी पनि फुराउनुहोस, त्यसपछी प्याज राखेर रातो हुन्जेल सम्म चलाउनुहोस ।
त्यसपछी टमाटर, बेसार, खुर्सानीको धुलो, अनि नुन राखेर पकाउनुहोस ।
२. पिसेको पालक हालेर एकैक्षण भुट्नुहोस । अवश्यकता अनुसार एक कप पानी पनि राख्न सकिने छ । अब चिनी हालेर एकैक्षण चलाउनुहोस । पनिर का टुक्राहरु पनि हालेर चलाउनुहोस । २ मिनेट जति आगो सानो पारेर चलाइ सकेपछी आगो बन्द गर्नुहोस । अनि नौनि ध्यू ले तपाइको परिकार सजाउनुहोस । त्यस्तै नौनि ध्यूको सट्टा दुधको बाक्लो तर पनि मिसाएर खान सकिन्छ । यो परिकार स्वास्थ्यका दृश्टीकोण ले अत्यन्तै फाइदाजनक मानिन्छ ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७३०९:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गोरो हुने चाहना छ ? यो पढ्नुहोस तर अत्यधीक प्रयोगले हुन सक्छ प्रजनन समस्या