ब्रेन ट्यूमुरको बृद्धी रोक्ने प्रोटिन पत्ता लाग्यो ।

बिगुल स्वास्थ्य, काठमाडौँ । शरीरमा एक प्रकारको प्रोटीनको क्रियाकलापमा प्रभावित हुनासाथ ब्रेन ट्यूमर को बिकासक्रम ठप्प हुन्छ । त्यतिमात्र नभई खतरनाक मानिएको क्यान्सर जस्तो प्राणघातक रागको उपचारका लागि पनि नयाँ बिकल्पहरु खुल्ने संभावना प्रवल हुन्छ ।
एउटा नयाँ अनुसन्धानबाट के पत्ता लागेको छ भने, ओएसएमआर (ओन्कोस्टेटिन एम रिसेप्टर) नामक तन्तु तथा त्यसको प्रोटीनलाई निस्कृय गर्दा ट्युमुरको बिकास क्रम रोकिन पुग्छ । यो प्रोटीन “ग्लियोब्लास्टोमा ट्यूमर्स” को निर्माणका लागि अत्यन्तै मत्वपूर्ण हुन जान्छ । जुन रेडिएशन तथा किमोथेरापीका बिधीवाट निकाल्न सकिन्छ न त सर्जरीको माध्यमबाट नै यसलाई शरीरबाट वाहिर निकाल्न सकिन्छ ।
क्यानेडाका मेक गिल युविभर्सिटी का सहायक प्रोफेसर एबं प्रमुख खोजकर्ता अरेजु जहानी -असल ले भनेका छन्, ” सबैभन्दा खतनाक कुरा के हो भने यस्तो प्रकारको ब्रेन ट्युमरका बिरामी मुस्कील संग १६ महिना पनि बाँच गाह्रो हुन्छ”  । उनको भनाइअनुसार औएसएमआर जति जति सकृय हुन्छ त्यती नै बिरामीको बाँच्ने संभावना कम हुन्छ ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७३०८:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पालक पनिर स्वास्थ्य को लागि फाइदाजनक : आउनुहोस एक पटक बनाउने तरीका जानौं