नियमित रुपमा दुब्लो हुदै जानुभएको छ ? यस्ता हुनसक्छन् समस्या !!!

बिगुल स्वास्थ्य, काठमाडौँ । मोटोपनालाई शक्तिमा बदल्नको लागि भिटामिन B12 अत्यन्तै सहयोगी हुन जान्छ । शरिरमा रेड ब्लड सेल्स निर्माण गर्नका लागि भिटामिन B12 को अहम भुमिका रहन्छ । यसले दिमागलाई सहि तरिकाले सन्तुलनमा ल्याउन र सेल्सहरुमा पाइने जीनलाई डीएनए बनाउनमा सहयोगि सिद्ध हुन्छ ।
नियमित रुपमा दुब्लो हुदै जानुभएको छ, अथवा नियमित रुपमा अनपेक्षीत तरिकाले तपाईको तौल घटिरहेको छ भने सावधान हुनुहोेस तपाईको शरीरमा भिटामिन B12 को कमी भएको हुनसक्छ ।

भिटामिन B12 को कमीले यस्ता प्रकारका लक्षणहरु देखाउन थाल्दछ, बेलैमाथि ध्यान दिएर समाधानका उपायतर्फ लाग्नु नै उचित हुन्छ ।  आउनुहोस यसको कमि का बारेमा केही चर्चा परिचर्चा गरौँ ।

Screen-Shot-2016-01-30-at-9.30.04-PM
-धेरैजसो समयमा थकान तथा कमजोरीको महशुस गराउंछ ।
-मुटु को चाल अत्याधीक हुन्छ ।
-कब्जीयतको समस्या उत्पन्न हुन थाल्छ ।
-संम्झन सक्ने क्षमता कम हुन्छ ।
-अपच तथा पेट गडबड हुन थाल्छ ।
-सास फुल्ने समस्याले सताउन थाल्छ ।
-टाउको चर्केर दुख्ने समस्या आँउछ ।
-सुस्तपना आउन थाल्दछ ।
-छालामा पहेलोपना आउन थाल्दछ, जसलाई नेपाली भाषामा पहेंले रोग पनि भनिन्छ ।

निकै सावधान अनि सतर्क हुनुहोेस यस्ता समस्या देखिएमा तपाईको शरीरमा भिटामिन B12 को कमी भएको छ ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७३०६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्रेन ट्यूमुरको बृद्धी रोक्ने प्रोटिन पत्ता लाग्यो ।