अब महिलाहरूले सहजै सार्वजनिक स्थानमा ड्रेस चेन्ज गर्न सक्ने (भिडियोसहित)

महिलाहरूलार्इ कपडा बदल्न निकै समस्या हुन्छ । अझै हाम्राे नेपाली समाज त त्यति धेरै उदार पनि भइसकेकाे छैन । र नेपाली सहर बजारमा पनि त्यति धेरै सुबिधाहरू अझै बिकास भएकाे छैन । त्यसैले पनि महिलाहरुले ड्रेस चेन्ज गर्नका लागि निकै सास्ति भोग्दै आएका छन् । जब ड्रेस चेन्ज गर्नेबेला हुन्छ कि त चेन्जिङ रुम कि बाथरुम पुग्नुपर्छ, नभए आफ्नो नजिक रहेका मानिसलाई बाहिर पठाउनुपर्ने हुन्छ ।

अब भने महिलाहरु सजिलै यो झन्झटबाट मुक्त हुने भएका छन् । महिलाहरुलाई लक्षित गरेर ‘ड्रेस चेन्जर’को आविश्कार भएको छ । उसले गर्दा अब  तपाईंलाई ड्रेस चेन्ज गर्न तौलिया बेरिराख्नु पर्ने वा एकान्तमा जानुपर्ने झन्झट हुनेछैन । तपाईंले खुलेआम सार्वजनिक स्थानमा नै पनि सजिलैसँग कपडा बदल्न सक्नुहुन्छ । यसैकाे सहायतामा महिलाहरुले आफ्नो भित्री पोशाकलाई पनि सार्वजनिक स्थानमै परिवर्तन गर्न सक्छन् ।

तपाईंले ड्रेस चेन्ज गर्दासम्म यसले एप्रोनजस्तै शरीरलाई ढाक्नेछ । माथिबाट कपडा लगाए पनि अन्त्यमा यसलाई सहजै निकाल्न पनि सकिन्छ । यस्ताे बिशेषता भएकाे ड्रेस चेन्जरकाे नाम हो ‘अन ड्रेस’ राखिएकाे छ । यो एक प्रकारको लंग स्कर्टजस्तै हुन्छ । ड्रेस चेन्ज गर्नका लागि महिलाले यसलाई सुरुमा एप्रोनजस्तै गरी बाहिर लगाउँछन् ।

यसपछि तपाईंले आफ्नो कपडाहरु खोल्न थाल्न सक्नुहुन्छ । भित्रिभन्दा भित्री कपडा निकाल्न पनि कुनै कठिनाइ नहुनेगरी यसको डिजाइन गरिएको छ । सबै कपडा निकालेपछि तपाईंले अन्य कपडा लगाउन सक्नुहुन्छ । सबै कपडा लगाइसकेपछि अनड्रेसलाई सहजै निकाल्न सकिन्छ ।

यसरी प्रयाेग गरिन्छ अन ड्रेस भिडियाे हेर्नुस् –

एजेन्सीकाे सहयाेगमा

प्रकाशित : बिहिबार, बैशाख १६, २०७३०४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नियमित रुपमा दुब्लो हुदै जानुभएको छ ? यस्ता हुनसक्छन् समस्या !!!