घाममा आफ्नो त्वचाको हेरचाह कसरी गर्ने ?

बिगुल स्वास्थ्य, काठमाडौँ । दिउसो चर्को घाम लागेका बेला बाहिर निस्कनु अघि घामबाट छालामा कुनै असर नपरोस भनी सनस्क्रिन यानिकी लोसन लगाउने गरीन्छ भन्ने त सायदै सबैलाई थाह नै छ होला तर छालाको प्रकृतीअनुसार लोसनहरु पनि फरक हुन्छ भन्ने कुरा त जो कसैलाई थाह नहुन सक्छ ।
तर शूर्यवाट आउने किरणहरु निर्मुल पार्नका लागि सनस्क्रिन तथा लोसनहरु लगाउने गरीन्छ । सूर्यबाट निस्कने नकारात्मक अल्ट्राभायोलेट किरणहरुले आँखा तथा छालालाई खराब गर्दछ । स्किनमा हुने मेलेनिन बनाउने सेलहरुलाई ड्यामेज गरी क्यान्सर समेत बनाउने संभावना हुन्छ ।
सूर्यवाट दुई प्रकारका अल्ट्राभायोलेट किरणहरु पृथ्बीसम्म आइपुग्छन् । युभिए र युभिबी नामका ति किरणहरु लाई सन फ्याक्टर तथा यसको अधिक मात्राले रोक्न सक्छ ।

जब कुनै गुणस्तरीय सनस्क्रिनका बारेमा सोचबिचार गरिन्छ तब अधिक एसपिएएस रहेको क्रिमहरुमा नजर पुग्दछ, जसले गर्दा सूर्यबाट आउने युभिबी किरणहरुलाई रोक्ने क्षमता राख्दछ । एसपिएस क्रिमले युभिबी किरणलाई रोकेपनी युभिएले छालालाई हानी गर्न सक्छ । एसपिएफसँगै सनस्क्रिनमा युभिएको कम्बीनेसन हुनु अत्यन्तै जरुरी हुन्छ । त्यस्तै जिंक अक्साइड, टाइटेनियम डाइअक्साइड, एक्मसुले र अक्सिबेजान पनि हुनु जरुरी हुन्छ । युभिए र युएबी दुबै सनस्क्रिन भएपनी यी एसपिफमा निर्भर हुनेगर्दछन् ।

यी सनस्क्रिनबारे जानकार भएकाले थाहा पाउँछन् । तर, कतिपयले सनस्क्रिनबारे धेरै नबुझेका कारण जस्तोसुकै प्रयोगमा ल्याउँछन् । छालामा चिल्लोपना बढी भएकाले चिल्लोपना बढाउने खालकै सनस्क्रिन प्रयोगमा ल्याएको पनि हुन सक्छन् । त्यसैले सनस्क्रिनको प्रयोग पनि सक्दो छालासम्बन्धी चिकित्सकको सिफारिसअनुसार गर्ने बानी बसाल्नुपर्छ । एकपल्ट लिएको सल्लाहले वर्षाैंसम्म काम गर्छ ।                            -swasthyakhabar

प्रकाशित : बुधबार, बैशाख १५, २०७३११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब महिलाहरूले सहजै सार्वजनिक स्थानमा ड्रेस चेन्ज गर्न सक्ने (भिडियोसहित)