फुड पोइजन बाट बच्ने उपायहरु

फुड पोइजन यस्तो प्रकारको त्रुटी हो जुन खानामा भएका बिभिन्न प्रकारका केमिकल हरुको प्रतिकृयावाट माािसहरुमा नकारात्मक असर गर्छ । यसले शरिरमा बिषाधी जतिकै काम गर्छ, जसकारण कुनै कुनै अवस्थामा मानिसको मृत्यु पनि हुन सक्छ ।
आउनुहोस यस्तो प्रकारको समस्यावाट टाढै रहने केही उपायरुका बारेमा केही चर्चा परिचर्चा गरौँ ।
१. बजारमा प्याकिङ गरिएका खानेकुराहहरुको प्रयोग सकेसम्म नगरौँ । त्यस्ता प्याकेटका खानेकुरा खानैपरेमा संभव भएमा तातो पानीले धोएर प्रयोग गर्नु उचित हुन्छ । अथवा प्याकेट खोलेर केही समयसम्म घाममा सुकाउने त्यो पनि संभव नभए हावा खेल्ने ठाँउमा एकैक्षण खुल्ला छोड्नु पर्दछ । त्यसरी प्याकिङ गरिएका खानेकुराहरुमा किरा लाग्न सक्ने संभावना अत्यन्तै हुन्छ । बिभिन्न बिषाधी मिसाएर बनाइएको त्यस्तो खानामा बन्द हावाका कारण बिषादी बाट अर्को प्रकारको बिषाधी बन्न सक्ने संभावना प्रबल हुन्छ ।
२. घरायसी प्रयोगमा आउने मसला, खुर्सानी, वेसार, पिठो, तथा अन्य दाल तथा गेडागुडीहरु दाना नै किनेर प्रयोग गरौँ, बजारमा तयारी अवस्थामा राखिएका त्यस्ताखाले सामाग्रीहरु बिभिन्न प्रकारका केमीकल हरुको प्रयोगबाट सजाइएका हुन्छन् ।
३. खानामा तेल अत्यन्तै कम मात्रामा प्रयोग गर्नु उचित हुन्छ, संभव भएमा खानामा अन्य तेलको तुलनामा तोरिको तेल उत्तम हुन्छ ।

 

४. मानब जिवनका लागि प्राणदाता पानी नै हो, र शरिरमा पानीको मात्रा सजिलोसंग र छिट्टै फैलने गर्दछ । पानीमा केहीमात्र पनि तलमाथी भएमा शरीरलाई निकै ठुलो हानी पुग्न जान्छ । त्यसकारण पानी शुद्धीकरणका लागि पानीमा केही फिटकिरी राखेर पिउनु स्वास्थ्यका दृश्टीकोणले उचित हुन्छ ।
५. तयारी अवस्थामा रहेका बजारका पेय पदार्थ को अधिक प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । किनकी यस्ता प्रकारका तरल पदार्थहरु शरिरमा सजिलैसंग प्रवेस गरि नकारात्मक असर देखाउन थाल्दछ । तर कहिलेकाँही यसको प्रयोग गर्दा शरीरले त्यसबाट उत्पन्न हुने बिकार बस्तुहरु नियन्त्रण गर्न सक्दछ ।
६. गेडागुडी, साग, तरकारी, दाल, चामल, फलफुल तथा अन्य चिजहरुलाई दुई टुक्रा पारी केलाएर। पखालीसकेपछी चुल्होमा तातो पानी तताएर लगभग एक मिनेट जती डुवाएर राख्नुहोस अनि तातैमा तयारी खानाहरु पकाउनुहोस । शरिरले थेग्न सक्ने केमिकलहरु रहने हुनाले स्वास्थ्यको लागि अत्यन्तै प्रभावकारी मानिन्छ ।

प्रकाशित : बुधबार, बैशाख १५, २०७३०६:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जानिराखौँ पसिना किन आंउछ ।