एकैक्षणमा तनाब चट, यि खानेकुरा खानुस

बिगुल स्वास्थ्य, काठमाडौँ । मनिसलाई तनाबसम्म पूर्याउने धेरै कारणहरु हुन सक्छन् । तनाबमा अझै टेवा त बढ्दो शहरीकरण, धुलो, धुँवा, फोहर आदी इत्यादी पनि तनाब उत्पन्न गराउने कारक हरु हुन् । तर तनाब कम गर्ने कसरी त यसबारेमा पनि केही चर्चा परिचर्चा गर्नेछौँ, जुन तपाई खानाको माध्यमबाट समाधान गर्न सक्नुुहुनेछ ।

चिसो पानी चाहे तिर्खा लाग्दा होस या थकान महशुष हुँदा या त तनाब उत्पन्न हुदा हरपल हाम्रो शरिरमा पानीको आपूर्ति हुनु जरुरी हुन्छ । खानै संगै पनि हामीले शरिरमा पानिको मात्रा आपूर्ति गरिरहेका हुन्छौँ । बाँच्नका लागि पानी, भनेजस्तै हरेक समयमा पानी बिनाको जिन्दगी अधुरो र अपुरो छ । चिसो पानी पिउनाले तनाब कम हुन्छ, त्यसैगरी पानी पिएर खुल्ला स्थानमा गएमा रगतमा इन्डोर्फिन नामक तत्व उत्पन्न भै दिमागलाई तनावबाट मुक्त गरांउछ ।

Cold-water-diet

 

दू्ध दूध खाइसकेपछी दिमागमात्र होइन शरिर पनि तन्दुरुस्त हुन्छ, दूधमा ट्राइप्टोफन नामक तत्व हुन्छ, जुन खाइसकेपछी दिमाग स्फुर्त बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन भइदिन्छ । दूधमा पाईने क्यालिसयम, म्याग्नेसियम र पोटासियमले तनाब मात्र होईन रक्तचाप बढ्नबाट पनि जोगाउँने गर्दछ ।

milk-500_0

 

केरा नियमित रुपमा केरा खाने गर्नाले शरीरको लागि आवश्यक पर्ने सेरोटोनिन नाम गरेको न्यूरोट्रान्समिटर उत्सर्जन बढ्न थाल्छ । यसमा पोटासियम र काब्र्रोहाइड्रेट अत्यधीक मात्रामा प्राप्त हुन्छ । फलस्वरुप दिनमा दुईवटा केरा खाने गर्नाले तपाईको तनाब कम गर्नमा सहयोग पूर्याउदछ ।

bananasf

अमला धेरै तनाब उत्पन्न भएका बेला रगतमा हुने रासायनिक परिवर्तनलाई पूर्व अवस्थामा फर्काउनका लागि भिटामिन सि को आवश्यकता पर्ने गर्दछ । जुन अमलामा पनि प्रसस्त मात्रामा पाईन्छ । तनाब भएका बेला अथवा दैनिक रुपमा दुईवटा अमला खाने गर्नाले तपाईलाई तनाबको असर कम गर्नमा निकै उपयोगि सिद्ध हुनेछ ।

Amla-Farming

 

स्याउ धेरै तनाब भएका बेला खुम्चिएका कोषिकाहरुलाई पूर्वअवस्थामा ल्याउनका लागि स्याउले अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्दछ । जसमा फस्फोरस र आईरन जस्ता तत्वहरु प्रसस्त मात्रामा पाईन्छ । दैनिक रुपमा एउटा स्याउ खाने गर्नाले तपाईको तनाब कम हुन्छ ।

apple

 

कुरीलो भिटामिन बि को कमी मा तनाब उत्पन्न भएमा यस्तो समयमा निकै सतर्क हुनु पर्ने हुन्छ । तनावका बेला शरीरलाई स्फुर्ती तथा दिमागलाई तनाब रहीत बनाउनका लागि भिटामिन बि आवस्यक पर्दछ । कुरीलो भिटामिन बि को एउटा गतिलो श्रोत हो । त्यसैले कुरीलोको तरकारी, झोल अथवा अचार खानु उचित हुन्छ ।

1618640_521701714612755_1704916699_n

ब्रोकाउली फोलिक एसिड जुन तनाब कम गर्नमा अत्यन्तै प्रभावकारी साबित हुन जान्छ, जुन ब्रोकाउलिमा प्रसस्त मात्रामा पाईन्छ, ब्रोकाउली खानु स्वास्थ्यका दृश्टीकोणले पनि निकै राम्रो हुन्छ ।

orivtx1437669890Broccoli

जौँ अधिक तनाबका कारण कोलेस्टरोलको मात्रामा बृद्धी हुनुका साथै मुटुसम्बन्धी रोगले सताउने संभावना हुनसक्छ । जसका लागि फाइवरयुक्त पदार्थहरु खानु उचित हुन्छ । जौँ मा घुलनशील फाइवरको मात्रा उच्च हुने हुनाले तनावको समयमा जौँ बाट बनेका परिकारहरु खानु स्वास्थ्यका दृश्टीकोणले निकै फाईदाजनक हुन्छ ।

maxresdefault

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७३१०:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फुड पोइजन बाट बच्ने उपायहरु