घरमै बसी सुन्दर कपाल बनाउने चाहना छ, यो पढ्नुहोस ।

बिगुल स्वास्थ्य, काठमाडौँ । नारीहरुलाई कपाल बिनाको सुन्दरताको कल्पना पनी गर्न गाह्रो हुने गर्दछ । सुन्दर अनि मुलायम कपालमा नारीको सौन्दर्यको त कुरै छोडौँ । मुलायम कपाल बनाउने बहानामा बिभिन्न प्रयोग हरु अपनाउदै आएका हुन्छन् नारीहरु तर कतिपय मात्र सन्तुष्ट हुन्छन् भने कतिपय त बेकारमा पैसाको बर्वाद भन्दै चिन्तीत देखिन्छन् ।
तर घरमै बसेर पनि मुलायम कपालको सपना पूरा गर्न सकिन्छ, आउनुहोस केही उपाउहरुका बारेमा चर्चा गरौँ ।
१. दुई ग्लास जती पानीमा एक चम्चा चियापत्ती राखि त्यसलाई उमाल्नुहोस । उम्लेको पानीमा कागती मिसाएर मजाले आफ्नो कपाल भिजाउनुहोस । केही क्षण सुख्खा हुन लागेपछी सादा पानीले पखाल्नुहोस, यसो गर्नाले तपाईको कपालमा चमक आउछ ।

२. एक ग्लास जति बियर लिएर आफ्नो कपाल भिजाउनुहोस यसो गर्दा पनि कपालमा चमकता ल्याउनमा सहयोग गर्दछ ।

३. मुसुरोको दाललाई पानीमा भिजाएर कपालमा प्रयोग गर्नाले पनी चमकता बढाउनुका साथै लचिलो तथा नरम कपाल पाउन सकिन्छ ।

४. दुई चम्चा मह तथा दुई चम्चा रमलाई पानीमा मिलाएर कपाल भिजाउने गर्नाले पनी नरम र मुलायम केश पाउन सकिन्छ ।

५. बजारमा प्राप्त हुने बिभिन्न किसिमका क्रिमहरुले पनी कपालको सौन्दर्यता बढाउनुको साटो कत्ती क्रिमहरु केश खराब गर्ने हुन्छन् । जस्तै ब्लो ड्राइ, केमिकल स्टेनिङ तथा कलरिङ जस्ता केमीकलरुको प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता चिजहरुवाट टाढै रहनु उचित हुन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७३०९:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एकैक्षणमा तनाब चट, यि खानेकुरा खानुस