खाना खाएपछी पेट फुल्ने समस्या छ, चिन्ता नगर्नुहोस अपनाउनुहो यी उपायहरु

कहिले काँही खाना खाइसकेपछी पेट फुल्नु सामान्य कुरा हो । गर्मीको समयमा कहीलेकाँही मसलायुक्त खानेकुराहरुको खाना खाइसकेपछी पेट फुल्ने समस्याले अत्यन्तै समस्या उत्पन्न गर्न थाल्छ ।
जव जव पेट फुल्ने समस्याले सताउन थाल्दछ तब घरमै बसेर पनि यस्ता उपाउहरु गर्न सकिन्छ जसकारण तपाईलाई डक्टरको औषधीबाट छुटकारा मिल्दछ, समयको पनि बचत अनि पैसाको पनि ।
आउनुहोस पेट फुल्ने समस्यावाट छुटकारा पाउने केही उपायहरुका बारेमा केही चर्चा परिचर्चा गरौँ ।

१. अदुवापेट तथा पेट संबन्धी धेरैजसो रोगहरुका लागि अदुवा हनुमान बुटी नै सावित हुन सक्छ तपाइकालागि, अदुवालाई पानीमा उमालेर खाएमा यसको रसले तपाईको पेट फुल्ने समस्यावाट तपाईलाई केही राहत हुन सक्छ । अथवा उमालेको अदुवाको केही टुक्रा मुखमा राखेर चपाउनुभएमा पेटमात्र होईन मुख बाट आउने दुर्गन्धलाई पनि यसले हटाउछ । Ginger-and-Health-Benefits-of-Ginger

२. पुदीना गर्मिको समयमा पेट फुल्ने समस्या समाधानका लागि पुदीना पनि अर्को एक बिकल्प हुन आउछ । जव पेट फुल्ने समस्याले सताउन थाल्दछ तव पुदीनाको रस तथा पुदीको चिया पिउने बानी बसाल्नुहोस, यसले गर्दा तपाईको पेटमा उत्पन्न हुने अनावस्यक ग्यासहरु लाई नियन्त्रण गर्दछ ।

pudina

 

३. सोफनेपाल तथा भारतमा परम्परादेखी नै खाना पश्चात सोफ खाने प्रचलन त देख्दै आउनु भएको छ होला । अब यसका फाइदाहरु पनि जानौ । सोफको प्रयोगले पाचन प्रकृयामा सहयोग पुर्याउदछ । सोफ पेट मात्र होइन यसले मुखबाट आउने दुर्गन्धहरु लाई पनि हटाउदछ ।

funnel-fina

४. कागती कागतीमा अम्ल हुने भएकाले पनि अपच तथा ग्यास आउने समस्या बाट छुटकारा दिन्छ । पेट फुलेको समयमा कागतीको रसमा अदुवा र पुदीको रस मिसाएर पिउनुहोस । अथवा सादा पानीमा कागनी निचोरेर पिउनुभएमा पनि पेट तथा स्वास्थ्यको लागि बरदान साबित नै हुन जान्छ ।

lemon

५. धनींया दैनिक रुपमा खानामा धनीयाको प्रयोग गर्नाले पनी पेट फुल्ने समस्यावाट दुःख पाउनु पर्दैन । दैनिक रुपमा प्रयोगमा आउने तरकारी तथा अचार जस्ता परिकारहरुमा धनीयाको प्रयोग गर्नाले पाचन शक्ति सहि तरिकाले सन्तुलनमा ल्याउन सहयोग गर्दछ । Coriander-leaves- dhaniya

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७३०४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिना जिम नै तपाइको शरिर फिट राख्न – अपनाउनुहोस यी उपायहरु