के तपाइलाई थाह छ ? हामीले प्रयोग गर्ने नोटमा रोगको भण्डार छ ।

बिगुल स्वास्थ्य, काठमाडौँ । तपाइहरुले कहिले कल्पना गर्नु भएको छ कि हामी दैनिक जुन पैसालाई सवथोक मानेर दौडिरहेका हुन्छौँ त्यही पैसाले हामीलाई गंभिर रोगको सिकार बनाउछ भन्ने कुरा । सायदै यस्तो खबर तपाइहरुका लागि अपत्यारीलो पनि हुन सक्छ । हुन त पत्याउनु पनि कसरी ?
बिभिन्न खाले भ्रमित खबरहरु पनि आजका अनलाईन मिडियाहरुमा प्रकासीत हुने गर्दछन् । तर पैसावाट रोग सर्ने कुरा भने झुठो होइन यो खबर बैज्ञानिकहरुको अनुसन्धान बाट पत्ता लागेको कुरा हो ।
सोच्नुहोस त ? हामी अरु मानिसहरुका कपडा किन लगाउदैनौँ । किनकी सो कपडामा उसका केही रोगहरु पनि रहेका हुन सक्छन् त्यसैले । त्यसैगरि जसरी कपडामार्फत रोग सर्छ भने एउटा कागजको पैसा मार्फत रोग सर्ने संभावना हुदैन भन्न चै मिल्दैन । हामी कतिपयले बिचार गरेका हुन्छौँ कि पर्समा पूरानो नोट भन्दा नयाँ नोटलाई नै बढी प्रथमिकता दिएका हुन्छौँ । 102110767-97660088.530x298बिभिन्न बस्तु तथा पदार्थ जस्तो हामी पैसाको नोटलाई त्यती ख्याल गर्दैनौँ । कि पैसा चाहे फोहर होस चाहे सफा हामी उठाएर गोजितिर हाल्न पनी पछी पर्दैनौ । हुन त पैसाई धुन पनि त मिल्दैन ।
तपाईहामीले दैनिक रुपमा प्रयोग गर्ने पैसाको कारण ले बिभिन्न ब्याटेरीयाहरुको संक्रमण बढाएको एक अध्ययनले पुष्टी गरेको छ । यसवाट फैलने बिभिन्न ब्याक्टेरीयाका कारण जनजीवन असुरक्षित बन्दै गएको अध्ययनले देखाएको छ ।
वैज्ञानिक तथा औद्योगिक अनुसन्धान केन्द्रले हालै गरेको एक सर्बेक्षणबाट पैसामा ७० प्रतिसत ब्याक्टेरीया तथा ९ प्रतिसत जिबाणु रेहेको पाइएको छ ।
वैज्ञानिक तथा ओद्योगिक अनुसन्धानको खोजअनुसार ७८ रोगजन्य जिवाणु पहिचान भएको अन्तर्राष्ट्रीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । कागजि नोटवाट संक्रमण बढ्न थालेपछी पलाष्टीकका नोटहरुको प्रयोग पछिल्लो समय ह्वात्तै बढेको सो प्रतिवेदनमा उल्ललेख छ ।
उक्त प्रतिवेदनबाट पैसामा एकमात्र नभइ धेरै प्रकारका शुक्ष्म जिवाणुहरु र केही एंटीवायोटीक प्रतिरोधी किटाणुहरु हुन सक्ने भएकाले पैसाको प्रयोपश्चात हात धुनुपर्ने बिज्ञहरुले बताएका छन् । एजेज्सीको सहयोगमा

प्रकाशित : सोमबार, बैशाख १३, २०७३०५:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लसुन हुनसक्छ स्वास्थ्यका लागि खतरा, सावधान