ओठ फुटेर हैरान हुनुहुन्छ, चिन्ता नगर्नुहोस अपनाउनुहोस दस उपाय

बिगुल हेल्थ, काठमाडौँ । भिटामिन बी, सी, इ को कमीका कारण तपाईको ओठ फुट्ने समस्याले सताइरहन्छ । जाडो होस या गर्मी यो सम्याको दिर्घकालिक समाधानका लागि हरेका मानिसहरु चिन्तीत हुने गर्दछन् । तदअनुरुप बजारमा आएका बिभिन्न केमिकलयुक्त पदार्थहरुको प्रयोग ।
यसले गर्दा समस्या समाधान हुनु त अलग कुरा झन साइड इफेक्टस् पो गर्ने खतरा बढ्न सक्छ । त्यसैले आउनुहोस हामी यस समस्याबाट छुटकारा पाउने केही उपायहरु तपाइहरुलाई जानकारी दिने प्रयन्त गर्दै छौँ ।
१. खानाका भिटामिन बी, सी, तथा इ प्राप्त हुने खानेकुराहरु खाँदा ओठ फुट्ने समस्यावाट बच्न सकिन्छ ।1
२. ओठको छालामा तैलीय ग्रन्थी नहुने हुँदा उचित प्रकारले रेखदेख गर्नुपर्ने हुन्छ । बिनाकारण कोट्याउने तथा कन्याउने गर्नु हुदैन । ओठमा मामरी जमेमा त्यसलाई हलुकासंग सफा गर्नु पर्दछ ।
३. तैलीय ग्रन्थी नहुने हुंदा ओठ सुक्ने, चिरीने तथा मामरीजस्तै बक्लो जम्ने संभावना हुन्छ । यसको समाधानका लागि सुत्ने समयमा लिप बाम लगाउनु उचित हुन्छ ।
४. ताजा कागतीको रस, मह र ग्लिसिरिनलाई मिसाएर लगाउनाले ओठलाई सधै ताजापन दिनमा मद्त गर्दछ । जसको कारणवाट ओठ मा सुख्खापन देखिदैन, सधै स्वस्थ र स्फुर्ती देख्न सकिन्छ ।

honey
५. हरियो धनियाको रस बाट दैनिक रुपमा ओठ मजाज गर्ने गर्नुहोस, यसले गर्दा पनि ओठमा ताजापन दिन सहयोग पूर्याउछ । 08_31_52_944_coriander_medium_
६. राति सुत्ने बेलामा दुधको तर लगाएर ओठ मालिस गर्नाले पनि ओठमा सधै स्फुर्तीपना आउदछ । दुधको तरमा चिल्लो पना तथा छाला तरम बनाउन सक्ने तत्बहरु भएको हुनाले यसको प्रयोग अत्यन्तै लाभदायक मानिन्छ ।
७. चुक्नदरको रस पनि ओठको सुन्दरताका लागि अत्यन्तै लाभदायक मानिन्छ, यसको नियमित प्रयोगले ओठको सुन्दरता कायम राख्नमा सहयोग पूर्याउदछ ।
८. निकै पूरानो लिपिस्टिक तथा अन्य बामहरु पूरानो भएको खण्डमा प्रयोग गर्नु हुदैन, किनकी तपाइको ओठ कालो बनाउन सक्ने संभावना हुन्छ ।
९. लिप केयर तथा बामको प्रयोग गर्दै हुनुहुन्छ भने आफ्नो बाम आफुमात्र प्रयोग गर्नुहोस, यस्ता प्रकारका चिजहरु साटासाट गरेर प्रयोग गर्दा छालाका रोगहरु सर्न सक्ने संभावना प्रबल हुन्छ ।

प्रकाशित : सोमबार, बैशाख १३, २०७३०३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइलाई थाह छ ? हामीले प्रयोग गर्ने नोटमा रोगको भण्डार छ ।