तितो करेला खानुका यस्ता छन् फाइदाहरु के तपाइलाई थाह छ ?

बिगुल स्वास्थ्य, काठमाडौँ । करेला खाँदा निकै तितो हुने भएकाले पनि यो कतिपय मानिसहरुको रोजाइमा पर्दैन, अनि कतिपय मानिसहरु त यो बिरामीहरुले मात्र खाने हो भनेर यसलाई घृणा गरेको पाइन्छ । तर रोग लागेर पछुताउनु भन्दा रोग लाग्न नदिएकै बेश हुन्छ होला नी हैन र ? मानव शरिरमा धेरै प्रकारका हर्मोनहरु हुन्छन् । जुन हाम्रो
शरिरका लागि अत्यन्तै आवश्यक हुन्छन् । ति हर्मोनहरुले हाम्रो शारीरिक सन्तुलन कायम राख्नमा बिषेस भुमिका खेलेका हुन्छन् । कुनै कारणबस यि हर्मोन हरुमा समस्या भयो भने ति हर्मोनहरु उत्पादन हुन छोड्छन् । जस्तै आधुनीक प्रकारका खानाहरु प्रयोग गर्नाले यि हर्मोनहरुले आपूर्ति गर्ने श्रोत अन्यत्रै खोजिरहेका हुन्छन् । कारणबस यस्ता रोगहरुको शिकार हुनुपर्छ । जुन रोग लागेर औषधीमा खर्च गर्नुभन्दा यस्ता चिजहरुको प्रयोग गर्नु ठिक हुन्छ कि औसधीकै रुपमा भएपनि दैनिक प्रयोग गर्न सकियोस । फेरी करेलामा लाग्ने खर्च र रोग लागेर गर्ने पैसाको तुलनामा धेरै कम हुन जान्छ । फेरी रोगकै बिषयलाई लिएर सित्तैको टेन्सन त अलग छ । तरकारीकै रुपमा मात्र नभएर करेला
जुसको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

यि रोगहरुको शिकारहुनबाट बचाउछ एकपटक ध्यान दिएर पढ्नुहोस अनि अरुलाई पनि बताउनुहोस ।

१. मधुमेह मधुमेहका रोगि हरुका लागि करेला औषधी साबित नै हुन जान्छ । मधुमेहका बिरामीहरुले करेला खाँदा शरिरमा चिनिको मात्रा सन्तुलनमा राख्दछ । बिशेषगरी टाइप २ का रोगिहरुले करेला छुटाउनु नै हुदैन ।

 
२. मृगौलामा पथ्थरी मृगौला मा पथ्थरी हुनेहरुका लागि पनि करेला अत्यन्तै उपयोगी हुन्छ । करेलाले पथ्थरलाई टुक्राउन सहयोग पूर्याउने हुनाले पथ्थरीका रोगिहरुलाई फाइदाजनक हुन्छ । जसले गर्दा टुक्रिएका पथ्थरहरु पिसाबको माध्यमबाट बाहिर जान्छन् । त्यसैले करेलाको प्रयोगबाट यस्ता रोगिहरुले सधैका लाधि छुटकारा पाउन सकिन्छ ।

 
३. क्यान्सर हुनबाट बचाउछ करेलाले क्यान्सर हुनबाट बचाउछ भन्ने कुराको यकिन पुष्टी नभएको भएपनि यसले रोगसंग लड्ने क्षमता बढाउछ । करेलो खाँदा क्यान्सरजस्तो रोगसंग लड्ने क्षमता बढाउने र नकारात्मक असर नगर्ने हुनाले यसको प्रयोग गर्नु उचित हुन्छ ।

 
४. कलेजोलाई स्वस्थ राख्न मद्त गर्दछ कलेजोलाई सधै सफा स्वस्थ र स्फुर्त राख्नमा करेलो निकै उपयोगि हुन जान्छ । कलेलो नियमित खानाले हाम्रो शरिरमा बिभिन्न प्रकारका कोषिकाहरु निर्माण गर्नमा सहयोग पूर्याउदछ । जसले गर्दा कलेजोसम्बन्धी लाग्न सक्ने सम्भावित रोगहरुलाई निर्मुल गरिदिन्छ ।

 
५. हैजाहैजा का बिरामीहरुले पनि करेलाको प्रयोग गर्नुपर्दछ । करेलाको रसमा अलिकती प्याज र कागतिको रस मिसाएर खाएमा निकै फाइदाजनक हुन्छ । यसका साथै ताजा करेला पिसेर स्वादअनुसार नुन मिसाएर दैनिक २ ३ पटक खाने गरेमा हैजाका बिरामीहरुलाई फाइदा पुग्छ ।

 
६. कब्जियतपाचन प्रकृया कमजोर भएमा कब्जियत हुने संभावना हुन्छ । करेलामा फाइबर हुने भएकाले पाचन प्रकृया मजबुद हुनुका साथै कब्जियतका रोगिहरुले पनि सजिलैसंग छुटकारा पाँउछन् ।

 
७. तौल नियन्त्रणपाचनप्रकृयालाई सुचारु राख्ने करेलाले यसमा भएको क्यालोरीका कारण मोटो पनालाई पनि रोक्ने काम गर्दछ । यसैपनि मोटोपना नियन्त्रणमा आएपछी अवश्यपनी तौल त नियन्त्रण हुन्छ नै । माटोपना बढी हुने मानिसहरुका लागि करेला अत्यन्तै फाइदाजनक साबित हुन्छ ।

 
८. आँखाको ज्योति तेजिलो बनाँउदछ कतिपय गाँउघरमा पनि भन्ने गरिन्छ, करेलो खाएमा आँखा देखिन्छ । बास्तवमै यो एकदमै सहि हो । बच्चैदेखी कतियय मानिसहरुलाई आँखाको रोगले सताउने गर्दछ । अन्य औषधीहरुमा धेरै पैसा खर्च गर्नुभन्दा करेलो खाने बानी बसाल्नुभएमा यस्तो समस्या हुने संभावना कम हुन्छ । करेलो खाएमा आँखाको ज्योति तेजिलो हुनुका साथै लामो उमेरसम्म पनी आँखा राम्रो संग देख्न सकिन्छ ।

 
९. छालाका रोगहरुवाट छुटकारा करेला खाने गर्नाले छालाजन्य रोगहरु लाग्नबाट बचाउदछ । नियमित रुपमा करेला खाने गर्नाले वा करेलालाई मिश्रीसंग पिसेर रातको समयमा यसको लेप लगाउनाले पनि छालाका रोगहरुबाट छुटकारा पाउन सकिन्छ । करेलाको रसमा कगती मिसाएर मुसा, दाद भएको ठाँउमा लगाउनाले पनि यस्ता प्रकारका रोगहरु निको हुन्छन् ।

 
१०. पेटको दुखाई नौनि घिउसंग करेलाको रस ठुलो चम्चाको एक चम्मच जति मिसाएर खाएमा सामान्य किसीमका पेट दुखाईलाई रामबाण जित्तीकै फाइदाजनक हुन्छ ।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७३०८:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओठ फुटेर हैरान हुनुहुन्छ, चिन्ता नगर्नुहोस अपनाउनुहोस दस उपाय