गर्मीमा कसरी स्वस्थ रहने यस्ता छन् घरेलु उपाए – जानी राखाैँ

अहिले बिस्तारै काठमाण्डाै लगाएत देशभर गर्मी बढ्दै गएकाे छ ।  गर्मीको मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू अाउन सक्छन् त्यसैले अन्य समयमा भन्दा याे समयमा अलिबढी नै स्वास्थ्यकाे ख्याल गर्नुपर्ने हुन्छ । भनिन्छ नी स्वास्थ्य नै धन हाे । यो समयमा रोग सार्ने किटाणुहरु पनि सक्रिय हुन्छन् । साथै गर्मीमा डिहाइड्रेसन, छालाको रोग जस्ता विभिन्न खालका समस्या पनि अाउने गर्दछ । नेपालमा वर्षेनी गर्मी याममा बिभिन्न खाले राेग लागेर दर्जनाै मानिसहरूकाे मृत्यु हुने गरेकाे छ । यसपटक पनि भारतमा गर्मीका कारण ६६ जनाकाे मृत्यु भइसकेकाे छ भने नेपालमा पनि ठाउँठाउँमा झाडापखाला लगाएतका राग लाग्न शुरू भइसकेकाे खबरहरू अाएका छन् ।

गर्मीमा सित्तलताकाे लागि फ्यान अथवा एयरकण्डिसन नै चाहिन्छ भन्ने छैन केही सरल घरेलु उपाए पनि छन् जसले तपार्इलार्इ सजिलै शितलता प्रदान गर्छ, साथै गर्मीमा हुने विभिन्न खालका स्वास्थ्य समस्याबाट बँच्न पनि सहयोग गर्छ ।

सफा चिसो पानी ः पानीले छालालाई ताजा तथा स्वस्थ राख्न मद्दत गर्छ । यदि तपाइँले कामको थकान महसुस गर्नुभएको छ र दौडधुप गरेर आउनुभएको छ भने अनुहार चिसो पानीले धुनुहोस् । त्यसले तपाइँलाई शितलता प्रदान गर्ने मात्र होइन किटाणु तथा धुलोका कणलाई पनि पखाल्छ ।

तुलसीको पात ः चन्दनको लेप, तुलसीको पातको लेदो तथा गुलाव जस्ता प्राकृतिक वस्तु अनुहारमा लगाउनाले शितल हुन्छ ।
अनुहारमा घमौरा आएको छ भने तुलसी र निमको पात पिँधेर लेदो बनाएर लगाउनुहोस् ।

गुलाबको फूलका पत्ती : गुलाबको फूलका पत्तीलाई पानीमा मिलाएर उक्त पानीले अनुहार धुनुहोस् । त्यसले छालालाई मुलायम बनाउँछ ।

हरियो धनियाको पात : हरियो धनियाको पातलाई केहीबेर पानीमा भिजाउनुहोस् अनि मज्जाले पानीमै पिँध्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् र छानेर आएको पानीमा केही चिनी मिलाएर पिउनुहोस् । यसले गर्मीबाट राहत मिल्छ ।

फलफूल : गर्मीमा भिटामिन ए युक्त फलफूल, हरियो सागपात तथा भिटामिन सी युक्त अमिला फलफूल सेवन गर्नुहोस् ।

नरिवलको पानी : नरिवलको पानी प्रसस्त मात्रामा पिउनु गर्मीको महिनामा निकै लाभदायी मानिन्छ ।

कागतीको रस र चिनी : कागतीको रस र चिनी शुद्ध पानीमा मिलाएर खाँदा सरीरमा उर्जा प्राप्त हुने मात्र होइन शितलता पनि प्राप्त हुन्छ । साथै गर्मी याममा पुदिनाको अचार खानु निकै हितकर मानिन्छ ।

दिनहु नुहाउनु : गर्मी याममा सरीरबाट धेरै पसिना आउने भएकाले दिनहुँ सरीर नुहाउनुपर्छ । नत्र दुर्गन्ध तथा इन्फेक्सनको डर हुन्छ ।
पचाउन गाह्रो पर्ने तथा सरीरमा गर्मी पैदा गर्ने खानेकुरा नखानु नै बेस हुन्छ ।

धेरै नहिड्नु : चर्को घाम लागेको बेला बाहिर धेरैबेर नहिँड्नु बेस हुन्छ । हिड्दै परे छाता ओढ्नु तथा टाउको छोप्ने रुमाल, टोपी, पछौरी जस्ता कपडा लगाउनु राम्रो हुन्छ ।

प्रशस्त पानी पिउनु : गर्मीमा डिहाइड्रेसनको जोखिम बढि हुने भएकाले प्रसस्त पानी र अन्य तरल पदार्थ खानुपर्छ ।

प्रकाशित : शुक्रबार, चैत २६, २०७२१०:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान ! यस कारण बच्चालाई मोबाइल चलाउन दिनुहुदैन