निद्रा नलागेर चिन्तित हुनुहुन्छ की ? हो भने अनिद्राबाट जोगिन यसो गर्नुस्

निद्रा नलागेर कोल्टे फेर्दैमा बितिरहेका छन् होला धेरै रातहरु अनि त्यसकै चिन्ताले झन सताइरहेको छ होला है तपाईलाई पनि यस्तो समस्या हामी धेरैलाई हुन्छ । बिभिन्न कारणहरुले गर्दा रातमा निद्रा नपर्ने हुन सक्छ । अनि यस्तो अनिद्राले स्वास्थ्यमा गम्भिर समस्याहरु पनि आउन सक्छन् ।
यदि तपाइँ अनिद्रा अर्थात इनसोमेनियाको लामो समयसम्म शिकार हुनुहुन्छ भने यसले तपाइँको उमेर कम गर्न सक्ने कुरा अध्ययनहरूमा देखिएको छ । धेरैजसो मानिसहरू यस्ता पनि हुन्छन जो आफ्नो निद्रा पुरा गर्दैनन र निद्रा लागेपनि काममा लागिनै रहने गर्दछन । मानिसहरूलाइ स्वस्थ रहनका लागी कम्तीमा ६ घण्टाको निद्रा आवश्यक हुने गर्दछ । लामो समय सम्म निद्रालाइ रोकेर राख्नाले तपाइँ अनिद्राको शिकार हुन सक्नुहुन्छ ।
अध्ययनहरूमा के पाइयो भने लगातार निकै समय सम्मको अनिद्राले तपाइँको रगतमा मोटोपनको स्तरलाइ बढाउने गर्दछ । जसले मानिसहरूमा मुटु सम्बन्धी रोगहरूका साथै मधुमेह, क्यान्सर, डिमेन्शिया, मोटोपनका साथै तनाव जस्ता रोगहरूले समात्न सक्दछ । सुत्ने बेला तपाइले आफ्नो वरपरको वातावरणालाइ भने शान्त राख्नु पर्दछ । यदि नजिकको वातावरणमा तिव्र स्वर लगाएतका समस्याहरू छन भने ति कुराहरूलाइ बन्द गरेर आरामसंग सुत्ने कोशिश गर्नु पर्दछ । तपाइँ सुत्ने बिछ्यौना नरम र आरामदायी हुनु पर्दछ । जसले तपाइँ आरामसंग सुत्न सक्नुहुन्छ । किनभने यदि बिछ्यौना कडा भयो भने तपाइँ त्यहाँ आरामका साथमा सुत्न सक्नुहुन्न । जसका कारण तपाइँलाइ अनिद्राको समस्याले समात्न सक्दछ ।

सुत्ने बेला कोठाको बत्ति निभाउनु पर्दछ, किनभने यदि बत्ति बालेर सुत्नु हुन्छ भने आंखा पटक९पटक खुल्ने गर्दछ, जसले तपाइँ राम्रो संग सुत्न सक्नुहुन्न । यसैले अध्यारो कोठामा सुत्ने गर्नाले तपाइँले आरामको निद्रा पाउनु हुन्छ । अनि मनमा धेरै खालका तनाव वा चिन्ता नलिनुस् धेरै कुराहरु मनमा लिएर बस्दा पनि चिन्ताले निद्रा नपर्न सक्छ ।

प्रकाशित : शुक्रबार, चैत १२, २०७२१०:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्मीमा कसरी स्वस्थ रहने यस्ता छन् घरेलु उपाए – जानी राखाैँ