गर्मीमा कस्ताे मेकअप – जानी राखाैँ

सुहाउँदो मेकअपले सौन्दर्यमा थप निखार ल्याउँछ । यो गर्मीमा ब्युटिफुल समर क्विन बन्न बदलिँदो मेकअप शैली अपनाउनु राम्राे हुन्छ
–ब्ल्याक आइलाइनर कहिल्यै आउट अफ ट्रेन्ड हुँदैन । ब्ल्याक आइलाइनर भन्दा हेभी, स्ट्राइकिङ, ड्रामेटिक आइज क्रिएट गर्नुपर्छ, तर रेट्रो लुक भने इन रहने छैन ।
–यो सिजनमा ब्रोन्जरलाई आफ्नो बेस्ट फ्रेन्ड बनाउनुपर्छ, कारण ट्रेन्ड स्किन लुक पनि इन रहनेछ । यसैगरी ब्रोन्ज आइज पनि फेसनमा छ ।
–हट लिप्सको ट्रेन्डले सबैलाई आकर्षित गर्नेछ । ब्राइट मेट लिप्स इन रहनेछ ।
–बाउन्सी हेयरका लागि ब्लो ड्राई गर्ने ट्रेन्ड यो सिजनमा आउट भएको अवस्था छ, अत: स्ट्रेटनर्स युज गर्नुपर्छ, कारण स्ट्रेट हेयर समर ट्रेन्ड हो । त्यसबाहेक मेस्सी हेयर स्टाइल्स, चुल्ठो शैली इन छ, अत: क्लिन स्टाइल नअपनाउनु नै वेश हुन्छ । बेबी र कर्ली हेयर पनि फेसनमा रहनेछ । हेयर स्टाइलमा क्याजुयल ट्वीस्ट्स अप–डन्स इन छ ।
–न्युड लुक अर्थात् हल्का मेकअप वा नो मेकअप लुक पनि लोकप्रिय रहनेछ, जसका लागि मात्र कन्सिलर अप्लाई गर्नुपर्छ र इच्छानुसार ग्लस वा नेचुरल लिप कलर प्रयोग गर्न सकिन्छ ।
–पर्पल मेकअप यसपटक हट ट्रेन्ड रहनेछ । यसमा ओर्किड, लायलेक र लेबेन्डर सेड्स मेकअप ब्यागमा रहनु आवश्यक छ । यो ट्रेन्डलाई क्यारी गर्ने सबैभन्दा कुल उपाय हो–आइस्याडो । त्यसो त लिप्स र नेलमा पनि यो कलर प्रयोग गर्न सकिन्छ ।
–ब्राइट ओरेन्ज लिपिस्टिक पनि कुल ट्रेन्ड हो । नियनदेखि कोरलसम्म ओरेन्ज टोन्स हट फेभरेट रहनेछ यो सिजनमा । चंकी ग्लाइड अन पेन्सिलबाट ब्राइट ओरेन्ज कलर अप्लाई गर्नुपर्छ र हट समर लुक एन्जोय गर्नुपर्छ ।
–ग्राफिक आइलाइनर पनि यो सिजनको ठूलो ट्रेन्ड बनेको छ । एङ्गुलर सेप्सले रेट्रो लुक नभई रेट्रोको मोर्डन लुक प्रदान गर्छ । एक्वारिक आइज पनि बोल्ड ट्रेन्ड रहनेछ । यो २०१३ मा देखा परेको थियो र यो सिजनमा अझ बढी लोकप्रिय रहनेछ । आइलाइनरदेखि आइस्याडोसम्ममा यसलाई प्रयोग गर्न सकिन्छ।
–ब्लन्ट बोइस आइब्रोज यो सिजनमा पनि इन रहनेछ । फल्स आइल्यासेज अपर लिड र लोअर लिड दुवैका लागि उपयुक्त हुन्छ । पेस्टल ह्युजको सियर स्याडोज समरमा स्मोकी आइजको स्थानमा प्रयोग गर्न पर्फेक्ट छ । ह्वाइट आइलाइनर पनि चल्तीमा रहनेछ यो सिजनमा । त्यसो त ह्वाइट आइस्याडोज र आइलाइनर्स अन्य कलरको तुलनामा पहिलो रोजाइमा पर्दैन । यसलाई रेड मेट लिपिस्टिकका साथमा पेयर गर्नुपर्छ ।
–गत सिजनमा इन रहेको क्याट आइज लुक यसपटक पनि इन रहनेछ ।
–यो स्किन केयर सिजन भएकाले आफ्नो स्किनमा हेल्दी ग्लो प्राप्त गर्न स्किन सिरम्स, बीबी क्रिम र प्राइमर्स तयार राख्नुपर्छ । ब्लस पनि यो सिजनमा इन हुने अनुमान छ । लुकमा पनि लाइट टोन्स जस्तै पिच, पिन्क वा ट्यान्ड टोन्सका ब्लस प्रयोग गर्नुपर्छ ।
–फेसको ब्राइटनेस बढाउने खालको कलर्स जस्तै कुल, सफ्ट लायलेक तथा पिच वार्म स्किन टोन्समा प्रयोग गर्नुपर्छ । यसले ब्राइटनेस र ग्लो बढाउँछ ।
–नेल कलर्समा न्युड, पेस्टल्स मन पराइनेछ । ह्वाइट नेलपोलिस पनि लोकप्रिय हुनेछ । ह्वाइट बेसमा स्ट्राइप्ड र स्वरोस्की पनि देखापर्न सक्छ ।

स्राेतः नारी म्यागाजिन 

प्रकाशित : बिहिबार, चैत ११, २०७२१०:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निद्रा नलागेर चिन्तित हुनुहुन्छ की ? हो भने अनिद्राबाट जोगिन यसो गर्नुस्