यी ५ कुरा जसले तपाइको शुन्दरता बढाउनेछ जानी राखौँ

राम्रो हुने र देखिने चाहना सबै मानिसलाई हुन्छ । अझ विशेषगरी महिलाहरुमा राम्रो देखिने चाहना अत्यधिक हुन्छ । हुन त महिलालाइ शुन्दरताको अर्को नामले पनि चिनिन्छ । भिड भाडमा अरु भन्दा फरका देखिन चाहन्छन महिलाहरु । कसरी राम्रो देखिने ,अनुहारमा चमक ल्याउने भन्ने कुरा गर्दा हामीले नियमित रुपमा खाने गरेका केही त्यस्ता पदार्थहरु छन् जसलाई खाँदा मात्र होइन पिँधेर अनुहारमा दल्नाले पनि हाम्रो अनुहार सुन्दर बन्छ ।  बजारमा आएका कतिपय रसायन मिसिएको सामग्री भन्दा अनुहारको सुन्दरताको लागि हामी घरमा नै बसेर उपयोगी सामग्री बनाउन सक्छौँ ।
घरेलु ५ कुरा छन जसले अनुहारलाइ असाध्यै राम्रो बनाउँछ ।

१, कागतीको रस –  कागतीको नियमित सेवन’ मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी लगायतका तत्व पाइन्छ ।यसकारण पनि यसको नियमीत सेवन राम्रो हुन्छ जसले शरीरलाइ अनावश्यक तौल बढ्न दिदैन । कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारका डण्डीफोर, धब्बा तथा अनुहारको चिल्लोपना समेत हटाउन सहयोग पुग्ने विज्ञहरुको भनाइ छ ।
२, अण्डा – अण्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुख्खा हुनबाट बचाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ ।

३, मह –अनुहारमा दिनहुँ मह दलेर धुने गरेमा छाला नरम तथा चम्किलो बन्ने, छालामा संक्रमण हुन नपाउनुका साथै छालालाई सुख्खा हुनबाट पनि जोगाउँछ । महमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा झनै सुनमा सुगन्ध हुन्छ ।

४, स्ट्रबेरी – स्ट्रबेरीमा पर्याप्त भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा एक्सफोलियन्ट नामक तत्व पाइन्छ । स्ट्रबेरीलाई पिँधेर लेदो बनाउनुहोस् अनि त्यो लेदो अनुहारमा दलेर केही बेर राखी धुनुहोस् । यसले अनुहारको छालालाई नरम र चम्किलो बनाउँछ । दही र महमा स्ट्रबेरीको लेदो मिलाएर अनुहारमा लगाउँदा झनै फाइदा हुन्छ ।’

५, केरा – केराको बोक्रा छोडाउनुहोस् अनि पिँधेर अलिकति मह हाल्नुहोस् अनि अनुहारमा लगाएर दश मिनेटपछि सफा पानीले धुने गर्नाले पनि छालामा चमक आउँछ ।

 

प्रकाशित : आइतबार, चैत ०७, २०७२०९:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पचहत्तर जना एचआइभी सङ्क्रमितको मृत्यु