पचहत्तर जना एचआइभी सङ्क्रमितको मृत्यु

नवलपरासी, ८ चैत । नवलपरासीमा हालसम्म फेला परेका एचआइभी सङ्क्रमितमध्ये ७५ जना सङ्क्रमितको मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

नवलपरासीमा एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्ने मुख्य संस्था लुम्बिनी प्लस र सहभागी संस्थाले संयुक्तरुपमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको तथ्याङ्कअनुसार एचआइभी सङ्क्रमित मृत्यु हुनेको सङ्ख्या ७५ रहेको जनाइएको छ । दुवै संस्थाले एचआइभी सङ्क्रमितका लागि उपचार सेवा, हेरचाह तथा सेवा प्रदान गरिरहेका छन् ।

कुल ५७० जना पहिचान भएका सङ्कमितमध्ये ३१ जना नयाँ पहिचान भएका छन् । कार्यक्रममा दिन प्रतिदिन बढ्दै गएका एचआइभी सङ्क्रमितको सङ्ख्या न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय र व्यक्तिको सहकार्यमा जोड दिइएको थियो ।

जिल्लामा एचआइभी सङ्क्रमितमा पुरुषभन्दा बढी महिलाको सङ्ख्या रहेको छ भने ६२ वटा श्रीमान् र श्रीमतीको जोडीसमेत सङ्क्रमित रहेको तथ्याङ्क छ । एचआइभी सङ्क्रमितमध्ये १५ वर्षमुनिका १६ जना बालक र १६ जना बालिका छन् । रासस

प्रकाशित : सोमबार, चैत ०८, २०७२०६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के हाे पायल्स राेग, पायल्समा के खाने, के नखाने जानी राखाैँ