बढी यौन उत्तेजना कुन समयमा हुन्छ महिलाहरुलाई, बैज्ञानिक आधारसहित

हुन त किशोरावस्थामा पुगेपछि मानिसमा यौन इच्छा जागरूक हुनु स्वभाबिक नै हो र यो सबैलाई हुन्छ नै । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन पनि सक्छ यो सामान्य नै कुरा हो । तर यौनसम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरू रहेका छन् ।

बैज्ञानिकहरुको खोज अनुसन्धान अनुसार पुरुषको तुलनामा महिलाहरुको यौन उत्तेजना समय अनुसार फरक हुन्छ । उनीहरुमा पुरुषहरुमा जस्तो स्थिरता नरहेने बिभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । महिलाको यौनइच्छा भने उसको महिनावारीको समयअनुसार फरक फरक पर्ने तथ्य बैज्ञानिकहरुले फेला पारेका छन् । यौन तथा प्रजनन् विज्ञहरुका अनुसार महिलाको महिनावारी भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो ।

बाँकी हप्ता भने उसको लागि यौन उत्तेजना उत्पन्न गराउन केही असहज समय हो । यसको कारक तत्व भने रागरसहरूको उत्पादन र त्यसको प्रभावलाई नै मानिएको छ । केही केटीहरूमा किशोरावस्थाको पूर्वावस्था ९ १०–१४ वर्ष मा यौनचाहना सुषुप्त रूपमा रहन्छ भने मध्य किशोरावस्थामा १५–१७ वर्ष यौन चाहना पूर्ण रूपमा सक्रिय हुने हुन्छ । तर यही उमेरका किशोरहरू भने किशोरीहरूको तुलनामा केही बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध बिस्तारतिर ध्यान दिने भएकाले समाजमा केटाभन्दा बढी केटीको यौनचाहना बढी हुन्छ भने धारणा छ ।

१५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरू शृगार सामाग्रीको प्रयोग गर्ने, समूहमा आफूलाई सबैभन्दा राम्रो देखाउने, सफा सुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरू गर्ने गर्दछन् । समय परिस्थिति र आफू बस्ने समाजको मूल्य मान्यता रहनसहन अनुसार व्यक्तिहरूमा यौन चाहना फरक फरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ ।

प्रकाशित : शनिबार, चैत ०६, २०७२१०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

औषधि अभाव हुँदा सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा