औषधि अभाव हुँदा सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा

कञ्चनपुर, ७ चैत । सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरको अर्जुनीमा स्थापना भएको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएको छ ।

नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सञ्चालनमा ल्याइएको उपचार केन्द्रमा ‘एन्टी स्नेक भेनम’को अभाव भएको हो ।
निःशुल्क रुपमा औषधि उपलब्ध गराउनका लागि सरकारी निकायले चासो नराख्दा सर्पदंशका बिरामीलाई सेवा दिन नसकिने अवस्था रहेको केन्द्रका अध्यक्ष लोकेन्द्र ऐरीले बताउनुभयो ।
“औषधि अभाव भएपछि सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था सिर्जना भएको छ” – उहाँले भन्नुभयो ।

यसैगरी, सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा दिनका लागि निर्माण थालिएको भवनसमेत रकम अभावले अलपत्र परेको छ ।

जिल्ला विकास समिति कञ्चनपुरले रु एक लाख २५ हजार र झलारी पिपलाडी नगरपालिकाले रु एक लाख ५० हजार रकम प्रदान गरेर निर्माण थालेको भवनको छाना राख्नका लागि रकम अपुग भएपछि अलपत्र परेको हो ।
निर्माणाधीन चारकोठे भवनका लागि अझै रु १२ लाख आवश्यक पर्छ अध्यक्ष ऐरीले भन्नुभयो – “रकम जुटाउनका लागि दातृनिकायसँग आग्रह गरेका छौँ ।” हालसम्म कुनै पनि निकायबाट रकमको व्यवस्था नहुँदा केन्द्रको भवन निर्माणको कार्य चार महिनादेखि अलपत्र परेको उहाँले बताउनुभयो ।

गत वर्षदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र नेपाली सेनाकै ब्यारेकको कोठामा सञ्चालन हुँदै आएको छ ।

उपचार केन्द्रमा एक वर्षअघि निःशुल्क रुपमा ५० बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ । रासस

प्रकाशित : आइतबार, चैत ०७, २०७२०४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के हजुरलाई छोरो पाउने मन छ यस्तो छ अचुक सुत्र!