थाहा पाइराख्नुहोस् मृगौला किन खराब हुन्छ ? यी ७ कारण,

नेपालमा पनि पछिल्लो समय मृगौलाका रोगीहरुको संख्या बढ्दै गइरहेको विभिन्न ध्ययनहरुले देखाएका छन् । ति अध्ययनका अनुसार विशेष गरी मानिसका रहनसहन र जीवनशैलीले मृगौला रोगीहरुको संख्या बढेका हुन् । मृगौला ठिक नभए रगत शुद्ध हुँदैन जसले गर्दा स्वास्थ्य पनि खराब हुन्छ ।

मृगौला खराब बनाउने यी ७ कारण

१, पानी कम पिउने बानी
पानी कम पिउने बानीले मृगौलालाई निकै असर गर्छ । पानी कम पिउने बानीका कारण मृगौला र मुत्रनलीमा संक्रमण हुने चिकित्सकहरु बताउँछन् । साथै मृगौलामा पथ्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यस कारण दैनिक कम्तिमा पनि दुई देखि तीन लिटर पानी पिउनु आवश्यक छ ।
२, धुम्रपान सेवन
धुम्रपान तथा तम्बाकू सेवन गर्नु पनि मृगौलालाई हानी पुर्याउनु हो । धुम्रपानमा सेवन गर्दा ऐथेरोस्कलेरोसिस रोग लाग्न सक्छ । जस्ले रक्तनलीमा रक्त बहावमा कमी आउने हुँदा मृगौलामा रगत कम जाँदा कार्यक्षमतामा पनि ह्रास आउँछ । साथै धुम्रपानले मृगौलालाई असर गर्ने मात्रै होइन अन्य विभिन्न रोग पनि लाग्ने गर्छ ।
३, बिहान उठ्ने वित्तिकै पिशाव नफेर्नु
रातभरमा मुत्राशयमा पूरै मुत्र भरिएको हुन्छ । जस कारण बिहान उठ्ने वित्तिकै पिशाव फेर्नुपर्ने हुन्छ । नत्र मृगौलालाई असर गर्छ ।
४, नुनको अधिक सेवन
नुनले भोजनलाई स्वादिलो बनाउने काम गर्छ । तर यसको अधिक मात्रामा खाँदा भने शरीरलाई नकारात्मक प्रभाव पार्छ । जसले मृगौलालाई असर गर्छ ।
५, उच्च रक्तचापको उपचारमा लापर्बाही
उच्च रक्तचापको उपचारमा लापर्बाही गर्दा मृगौलामा असर गर्छ । यस कारण सधैं उचित समयमा आफ्नो रक्तचापको परीक्षण गरी यसलाई नियन्त्रणमा राख्नु उचित हुन्छ ।
६, मधुमेहको उपचार गर्न कमी गर्दा
मधुमेहका शिकार भएका ३० प्रतिशत व्यक्तिलाई मृगौला सम्बन्धी रोग लाग्ने गर्छ । साथै मृगौला रोगीहरुलाई मधुमेह लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । यसर्थ यी दुई रोग लाग्नु एकआपसका कारण पनि हो । तसर्थ रगतमा चिनीको मात्रा कम गराउनु आवश्यक छ । साथै खानपानमा पनि नियन्त्रण गर्नु अझै राम्रो हुन्छ ।
७, धेरै मात्रामा पेनकिलयर सेवन गर्नु
चिकित्सकको सल्लाह बिना विभिन्न औषधि अझै दुखाई कम गर्ने ९पेनकिलयर० खालका औषधि खाने बानीले मृगौलालाई निकै असर गर्छ । यसर्थ चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुन्न । कुनै रोगीका विरामीले सेवन गर्न नियमित औषधिले पनि मृगौलालाई असर गर्छ ।
यी बाहेक मादक पदार्थको सेवन, शरीरमा पर्याप्त आराम नपुग्दा, दूषित भोजन खाँदा, धेरै मासु खाँदा लगायतका कारण पनि मृगौलालाई असर गर्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित : आइतबार, फागुन १६, २०७२०७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाको जुँगा पलाए के गर्ने ? यस्तो छ सरल उपाय !