मुटु रोग भएकाले कस्तो खाना खाने त – जानी राखौँ

मुटु अत्यन्तै सम्बेदनशील अङ्ग हो । यसमा चोट पुराउनुहुन्न । रोग लाग्न दिनुहुन्न लागिहाले पनि त्यसप्रति ध्यान दिनुपर्छ । हामीले केही कुरामा सामान्य ध्यान दिन सकेमा पनि धेरै राम्रो हुन्छ । त्यसैले,मुटु रागी हुनुहुन्छ भने खानपानमा यी कुरामा ध्यान दिनुस फाइदा हुन्छ ।
कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्वोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । कार्वोहाइड्रेट जटिल किसिमका खाद्यपदार्थबाट प्राप्त भएमा राम्रो मानिन्छ । कुल क्यालोरीको करिव १५ देखि २० प्रतिशत क्यालोरी प्रोटिनयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अण्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । मुटु रोगको जोखिम छ भने कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । एक ग्राम तेलबाट ९ क्यालोरी शक्ति पाइने भएकाले तौल बढ्ने संभावना भएकाले कम मात्रामा तेलको प्रयोग गर्नुपर्छ । तसर्र्थ कम तेलमा पकाउने विधिहरू वफाउने, उसिन्ने पनि प्रयोग गर्नुपर्छ ।
एजेन्सीको सहयोगमा

प्रकाशित : बिहिबार, फागुन ०६, २०७२१०:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाको जुँगा पलाए के गर्ने ? यस्तो छ सरल उपाय !