यस्तो छ गुप्ताङ्ग गन्हाउने समस्या समाधानको घरेलु उपाय

अधिकांस महिलाहरुको गुप्ताङ्गको दुर्गन्ध एक आम समस्या हो । जिवाणु तथा सफाइमा उचित ध्यान नदिनुले नै दुर्गन्धको समस्या हुने गर्दछ । जसले गर्दा कतिपय अवस्थामा निकै असहज पनि हुने गरेको धेरै महिलाहरुको अनुभव छ । यो समस्या समाधानको लागि धेरै प्रयास गर्दा पनि कतिपय समयमा निको नभएको हुन सक्छ । भने कतिपय महिलाहरु स्वास्थ्य जाँच गर्न जान लाज मानेर होस अथवा पहुच नभएर यो समस्याका कारण दुःख पाइरहनुभएको छ होला पक्कै पनि । यो समस्याबाट कुक्ति पाउनको लागि तपाई हामीले घरमै पनि केही सावधानी र उपाए अपनाउने हो भने यस्तो समस्याबाट मुीक्त पाउन सकिन्छ । हो यो समस्या सामान्य घरेलु विधि अपनाएमात्रै पनि यो समस्या बाट मुक्ति पाउन सकिन्छ ।
प्रशस्त पानी पिउनाले गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।
यसैगरी दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाएर अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउँदा पनि सो समस्याबाट मुक्ति पाउन सकिन्छ । त्यसका लागि तपाईले यो तरिकालाई दुई हप्तासम्म अपनाउनुपर्ने हुन्छ । मेथीले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै धेरै सहयोग गर्दछ ।
यस्तै केहि निमको पातलाई पानीमा उमाल्ने र चिसो भइसकेपछि सो पानीले गुप्ताङ्ग धँदा पनि उत्मम हुन्छ ।
यस्तै अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने खाने गर्दा पनि उत्म हुन्छ ।
यस्तै दहि खानाले पनि गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सघाउ पुग्छ । नियमित रुपमा गुप्ताङ्गको सफाई पनि गर्नुपर्छ । सामान्य त पिसाव गरेपछि गुप्ताङ्ग पखाल्ने धेरैको बानी हुदैन तर यदि तपाईमा यस किसिमको समस्या छ भने पिसाव गरेपछि पनि गुप्ताङ्ग धुने गर्नुहोस यसले पनि दुर्गन्ध हटाउन ाद्धत गर्छ । त्यस्तै तपाईले लगाउने पेन्टी अथवा भित्रि बस्त्र पनि सकेसम्म दैनिक परिवर्तन गर्नुस साथै आकर्षक भन्दा पनि सुतीको नै प्रयोग गर्ने गर्नुस् । नियमित रुपमा सफा र चिसो पानीले यौनानाङ्गको सफा गर्ने बानी गर्नु भयो भने तपाई सजिलै यस किसिमको समस्याबाट मुक्त हुन सक्नुहुन्छ ।

प्रकाशित : बिहिबार, माघ २८, २०७२०८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुटु रोग भएकाले कस्तो खाना खाने त – जानी राखौँ