किन लाग्छ बाडुली, कसैले सम्झेर ? यस्तो छ बैज्ञानिक कारण

हुन त सामान्य अवस्थामा एक पटक मात्र काडुली लाग्यो भने हामी कसैले सम्झेर हो भन्ने चलन छ नेपाली समाजमा । बिश्वास पनि यही कुरामा धेरैले गर्छन् । तर बाडुली लाग्नुका अरु बाह्य कारणहरु पनि हुन्छन् । तारम्तार लाग्ने बाडुलीले ज्यानै समेत जान सक्छ । त्यसैले बाडुली किन लाग्छ भन्ने कुरा जान्नु जरुरी छ सबै अवस्था सहज हुदैन कहिलेकाही सामान्य भन्दा भन्दै पनि जटिल हुन सक्छ । सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ ।

हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामाखुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ ।

बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा ‘बाडुली लागेको’ भनिन्छ । बाडुली सामान्यतया केही मिनेट रहन्छ र पछि आफैं ठीक पनि हुन्छ । तर कहिलेकाहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ । केही गरी हामीलाई २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने त्यसो हुनुमा केही गम्भीर कारणहरु पनि हुन सक्छन् र हामीले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ ।

बाडुली किन लाग्छ ? यसको जवाफ अझै वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् तर बाडुली लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ ।

एजेन्सीको सहयोगमा 

प्रकाशित : सोमबार, माघ २५, २०७२०९:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किसोरी छोरीकी आमालाई मनोविज्ञका ७ शुझाव, छोरी बिग्रिनबाट कसरी जोगाउने ?