सुत्ने बेला किन ब्रा खोलेर सुत्ने, नखोल्दा के हुन्छ ?

एजेन्सी : सुन्दर र आकार्षक ब्रेस्ट बनाउन महिलाहरु टाइट ब्रा लगाउने गर्छन । खास गरी सहजता र आकर्षणका लागि मात्र ध्यान दिएर हुदैन स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ । तर, यस्तो टाइट ब्रा लगाएर सुत्ने गर्दा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । त्यसैले सकेसम्म सुत्नेबेला ब्रा लगाउनु हुदैन । राती ब्रा लगाउनैपर्छ भने पनि खुकुलो ब्रा लगाउनुपर्छ । टाइट ब्रा लगाउदा हुने बेफाइदाहरु यस्ता छन्:


रत्तसञ्चार कम गर्छ
सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ । अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालिन स्वास्थ्यका लागि राम्रो मानिँदैन ।


रातो दाग बस्छ
ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ । गर्भवती अवस्था अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।


राम्रो निन्द्रा लाग्दैन
शरीर पुरै ‘रिल्याक्स भयो भने मात्र गहिरोसँग निदाउन सक्छ । यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रुपमा सञ्चालन होस । टाइट ब्रा लगाएर सुतेमा मीठो निन्द्रा पर्दैन । राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पन कटनको लगाउने गर्नुपर्छ । पोलिस्टरको ब्रा सकेसम्म लगाउनुहुँदैन ।

थकान महसुस हुन्छ

सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसो हुँदा शरीरका कोषहरुमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ ।

सुनिन सक्छ
टाइट ब्रा लगाउर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्ने जस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन ।

पसिना आउँछ
गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ । त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ ।

क्यान्सर हुन सक्छ
टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो । टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन । किनकि टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्यान्सरजस्तो रोगको शिकार हुने जोखिम बढ्छ । वर्षौसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्तनमा गाँठा देखा पर्ने सम्भावना पनि बढी हुन्छ ।

प्रकाशित : मङ्गलबार, माघ १९, २०७२२१:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन लाग्छ बाडुली, कसैले सम्झेर ? यस्तो छ बैज्ञानिक कारण