पानीको कमीले हुने स्वास्थ्य समस्याहरु यस्ता छन्

पानी पिउनु स्वस्थ्यको लागि अत्यन्त लाभ दायक हुन्छ । हामीले सामान्यतया तिर्खा लाग्ला मात्र पिउने गरेका छौ ँ तर पानी सधै पर्याप्त मात्रामा पिउने बानी गर्नुपर्छ । किनकी पानीको कमी भयो भने बिभिन्न स्वस्थ्यउ समस्याहशरु पनि आउन सक्छन्। तर हामी भने तारम्तार पिसा लाग्ने भन्दै पानी कम खाने कतिको बानी हुन सक्छ तर यसो गर्नुराम्रो होइन ।
कम पानी पिउँदा प्यासको महसुस हुनेमात्रै होइन, शरीरमा पनि धेरै नै नकारात्मक समस्याहरु उत्पन्न हुन्छन् ।
पानी कम पिउदा देखिने स्वास्थ्य समस्या यी हुन्
१. पानीको कमीले उमेर नै नपुगी पाको देखिन थाल्छ । अनुहार चाउरी पर्ने तथा छालाको चमक हराउने लगायतका समस्या पनि देखिन्छ ।
२. हाम्रो मांसपेशीहरुका लागि पानी निकै नै आवश्यक छ । पानीको कमीका कारण मांसपेशीहरु खुम्चिन थाल्छन् । यदि तपाईं जीम गर्नुहुन्छ भने त तपाईंका लागि पानीको झनै बढी आवश्यकता हुन्छ ।
३. छालामा पानीको आद्रता कायम राख्न पनि पानी पिउनु आवश्यक छ । पानी पिउँदा छाला हाइड्रेड बनिराख्छ । जबकी कम पानी पिउँदा छालाको चमक हराउँछ र तपाईं रुखो र फुस्रो देखिन थाल्नुहुन्छ ।
४. यदि तपाईंको हड्डी र जोरहरु दुख्छ भने पनि त्यो पानीको कमीका कारण हुनसक्छ ।
५. कम पानी पिउँदा आँखा पनि सुख्खा हुन थाल्छ । यदि चस्माको साटो लेन्सको प्रयोग गर्नुहुन्छ भने त तपाईंका लागि पानी झनै जरुरी छ ।

/ एजेन्सीको सहयोगमा

प्रकाशित : मङ्गलबार, माघ १९, २०७२०७:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुत्ने बेला किन ब्रा खोलेर सुत्ने, नखोल्दा के हुन्छ ?