श्वास गन्हाउने समस्या समाधान समस्या समाधानका ८ उपाय

हामी दिनहु दाँत ब्रस त गछौँ तर  जिब्रोको सफाइमा भने उति ध्यान पु¥याइरहेका हुँदैनौँ । जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पु¥याउनुपर्छ । अहिले बजारमा बिभिन्न खाले पेष्टहरु पनि आएका छन् ।  हाम्रो मुख तथा स्वास गन्हाउने आम समस्या हो । यो समस्याले धेरैलाई नै सताएके हुनसक्छ । कतिपय अवस्थामात असहज  नै महसुस पनि बनाउन सक्छ । हामी सबैकोृ उपचारका लागि अस्पताल नै जाने र खर्चा गर्ने सबै कुरा नमिल्द्यन पनि सक्छ । त्यसैले हामीले घरैमा बसेर पनि केही घरेलु उपाए वा बिधि अपनायौँ भने हामी मुख तथा स्वास गन्हाउने समस्याबाट सजिलै मुक्त हुन सक्छौ  ।
‘टङ क्लिनर’
बजारमा धातु र प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन् । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ । तर, जोडले रगड्नु भने हुँदैन ।
नुन
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ । सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।
नुनपानी
मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ ।
दही
खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फंगस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ ।
‘भेजिटेबल ग्लिसरिन’
मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ । यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ ।
नरिवलको तेल
बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ ।
घ्यूकुमारीको रस
घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ ।
बेसार
बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ । यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ । आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिनथाल्छ ।
एजेन्सिको सहयोगमा

प्रकाशित : शुक्रबार, माघ १५, २०७२०८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भवतीको खाने कुरा, के खाऔँ के खाऔँ भयो भन्दैमा सबैकुरा नखानुस खतरा हुन पनि सक्छ