गर्भवतीको खाने कुरा, के खाऔँ के खाऔँ भयो भन्दैमा सबैकुरा नखानुस खतरा हुन पनि सक्छ

अन्य समयभन्दा गर्भावस्थामा खानपानप्रतिको रुचि बढी नै हुन्छ। तर, गर्भवती महिलाले खाने हरेक खानाले बच्चालाई असर गर्ने हुँदा खाने कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ। यो बेला गरिने सामान्य हेलचेक्र्याइँले पछि ठूलै समस्या उत्पन्न गर्न सक्छ।

के खानु हुँदैन?

राम्रोसँग नपकाइएको सामग्री
– दूध : यो अवस्थामा ‘पास्चुराइजेसन’ नगरिएको दूध खानु हुँदैन। काँचो दूधमा हुने ‘लिस्टेरिया’ नामक ब्याक्टेरिया आमा र बच्चा दुवैका लागि निकै हानिकारक हुन्छ। पास्चुराइज्ड नगरिएका दूधबाट बनाइएको चिज वा अन्य खानेकुरा पनि खानु हुँदैन।
– काँचो वा आधा पाकेको मासु : काँचो वा आधा पाकेको मासुमा पनि ब्याक्टेरियाजन्य जिवाणुको संक्रमण हुने खतरा धेरै हुन्छ। आगोमा पोलिएको मासु पनि खानु हुँदैन। गर्भवती महिलाले खाने मासुलाई १४५ डिग्रीभन्दा माथिको तापक्रममा पकाएको हुनुपर्छ। जस्तै छोयला, कचिला, सेकुवा आदि।
– जुस : गर्भवती महिलाका लागि ताजा जुस निकै स्वस्थकर हुन्छ। यदि घरमै बनाइएको हो भने त्यसमा कुनै आपत्ति हुँदैन। तर, यस्तो अवस्थामा सकेसम्म बजारमा पाइने जुस नखानु राम्रो। तिनमा ‘स्यालमोनेला’ र ‘इ–कोली’ ब्याक्टेरियाको संक्रमण हुने सम्भावना धेरै रहन्छ।Food for pregnent
– काँचो अन्डा : गर्भवती रहँदा काँचो अन्डा वा काँचो अन्डाबाट बनेका परिकार खानु हुँदैन।
– काँचो माछा : माछा निकै स्वस्थकर भए पनि गर्भवतीको हकमा काँचो माछा खानु हुँदैन। हुन त हाम्रो खाना संस्कृतिमा काँचो माछा खाइँदैन। तर, पकाएरै खाने भए, माछाको प्रकार र उत्पादन स्रोत पत्ता नलगाई खानु खतरापूर्ण हुन सक्छ।

बजारमा पाइने तयारी परिकार
– गर्भवती अवस्थामा बजारमा पाइने तयारी खाने कुरा सकेसम्म नखाएकै राम्रो। क्यान फुड, टुना माछा, चीज आदिले हानि पुर्‍याउँछ।
– तयारी चाउचाउ, क्र्याकर्स, चिप्सजस्ता जंक फुड खानु हुँदैन।

अन्य खान नहुने
– गर्भवतीले अत्यधिक कफी वा क्याफिनयुक्त पदार्थको सेवन गर्नु हुँदैन। यसले गर्भावस्थामा रहेको बच्चाको मुटुको चालमा परिवर्तन ल्याउन सक्छ। केही अध्ययनले गर्भपातसमेत हुन सक्ने बताएको छ।
– मदिराको सेवन गर्नु हुँदैन। मदिरा सेवनले पहिले बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने सम्भावना अधिक हुन जान्छ।

प्रकाशित : शुक्रबार, माघ १५, २०७२०८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सेक्स लाइफ रोमाञ्चक बनाउने १० उपाय