यस कारण कारणले पतिलाई धोखा दिन्छन् महिलाहरु

एजेन्सी –  सामान्यतया हाम्रो समाजमा वैवाहिक सम्बन्धमा खासगरी धोखा दिने कुरालाई पुरुषसँग नै जोडेर हेर्ने गरिन्छ । तर, वास्तविकता त्यो मात्रै होइन, पत्नीहरुले पनि पतिलाई धोखा दिएका उदाहरण छन् । पत्नीहरु पनि धोका दिन्छन् । एक अध्ययनले धोका दिने बारे यस्तो तथ्य सार्वजनिक गरेको छ । म्यारिटल एण्ड फ्यामिली थेरापीद्वारा सन २०१२ मा गरिएको एक सर्भेक्षणमा पत्ता लागेको थियो कि २२ प्रतिशत विवाहित पुरुषले आफ्नी पत्नीलाई धोखा दिने गरेका छन् । यो दर महिलातर्फ भने १४ प्रतिशत रहेको छ । यानिकी १४ प्रतिशत विवाहित महिलाले आफ्नो पतिलाई धोखा दिने रहेछन् ।

सर्भेक्षणमा अर्को महत्वपूर्ण तथ्य के पनि पत्ता लाग्यो भने पुरुषहरुका लागि धोखा दिने प्रमुख कारण शारीरिक रहेछ भने, महिलामा भावनात्मक । महिलाहरुले भावनात्मक सपोर्ट तथा मनसँगको निकटता महसुस नगर्दा आफ्नो पतिलाई छाडेर कोही अर्कैसँग सम्बन्ध अघि बढाउने गरेको अध्ययनको निष्कर्ष थियो । यतिमात्रै होइन, अन्य यस्ता कारणहरु पनि पत्ता लागेका थिए, जसकाकारण महिलाहरुले पुरुषलाई धोखा दिइरहेका हुन्छन् ।

अध्ययनबाट पत्ता लागेका ६ कारण 

१,  जब महिलाहरुले आफ्नो पति वा प्रेमिबाट त्यो आफ्नोपन महसुस गर्दैनन्, जुन उनीहरुले चाहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुको मनमा कुनै दोस्रो पुरुषले ठाउँ लिन थाल्छ । जसले उनलाई आफ्नो पति वा प्रेमीलाई धोखा दिन प्रेरित गर्छ ।

२, मनमा बदलाको भावना उत्पन्न हुँदा पनि महिलाहरुले आफ्नो पार्टनरलाई धोखा दिने गरेको पाइएको छ । यदि आफूले कुनै कुरामा धोखा पाएको महसुस गरेमा उनीहरु पनि बदलास्वरुप धोखा दिन प्रेरित हुन्छन् ।

३, महिलाले आफ्नो पतिलाई धोखा दिने अर्को महत्वपूर्ण कारण शारीरिक सम्बन्धमा सन्तुष्ट नहुनु पनि हो । कतिपय पुरुषले पत्नीलाई शारीरिक सम्पर्कका दौरान पर्याप्त सन्तुष्टी दिन सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा महिलाहरु विकल्प खोज्न थाल्छन् । साथै लामो समय पति आफूभन्दा टाढा रहँदा वा नजिक रहेर पनि समय दिन नसक्दा महिलाहरु परपुरुषतर्फ आकर्षित हुने सम्भावना हुन्छ ।

४, कतिपय अवस्थामा महिलाहरु एउटै पुरुषसँग बोर महसुस गरेर पनि विकल्प खोजिरहेका हुन्छन् । यो भने आधुनिक पुस्तामा बढी पाइन्छ । पश्चिमा मुलुकहरुमा पतिहरुले धोखा पाउने सबैभन्दा महत्वपूर्ण कारण नै यही बन्न थालेको छ । साथै कतिपय अवस्थामा नयाँ प्रयोगको धुनमा पनि पतिलाई छाड्ने गरेको पाइन्छ ।

५, जब महिलाहरु आत्मनिर्भर हुन्छन्, तब उनीहरुले आफ्नो स्वाभिमानलाई सबैभन्दा महत्व दिन थाल्छन् । त्यतिबेला उनीहरुलाई आफ्नो निजी जीवनमा पतिले थोरै चासो राखेको पनि मन पर्दैन । उनीहरु धेरै स्वतन्त्र हुन खोज्छन् । स्वभाविक रुपमा पुरुषहरु महिलासँग आर्थिक रुपमा पूरै निर्भर भएपनि पत्नीलाई आफूजस्तै स्वतन्त्र छोड्न कुनै पनि हालतमा तयार हुँदैनन् । यस्तो अवस्थामा बढी चासो दिएको महसुस भयो भने महिलाहरुले पतिलाई धोखा दिन्छन् । त्यसैले पनि कतिपय मान्छन्, आफूभन्दा बढी कमाउने, धेरै पढेको वा सेलिब्रेटी पत्नी हुनेहरुले धोखा पाउने सम्भावना निकै नै धेरै हुन्छ । आफू धेरै राम्रो र पति सोचेजस्तो राम्रो नभएमा पनि महिलाले विकल्प खोज्छन् । बाहिर पति भन्दा राम्रो पाउँदा लोभिने सम्भावना पनि हुन्छ ।

६, कतिपय समयमा महिलाहरु आफ्नो शारीरिक बनावटबारे पति वा प्रेमीले बारम्बार कमेन्ट गरिराख्दा पनि धोखा दिनका लागि प्रेरित हुन्छन् । मानौं कुनै अर्को युवतीसँग तुलना गरेर तिम्रो यो अंग राम्रो छैन, फिगर पनि ठिक भएन जस्ता कुराहरु गरिदियो भने उनीहरुले आफैँलाई सावित गर्नका लागि परपुरुषको आवश्यकता महसुस गर्न थाल्छन् ।

प्रकाशित : शुक्रबार, माघ ०८, २०७२१०:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईको ‘प्रेसर लो’ छ ? यी खानेकुराले बनाउछ सामान्य