यस कारण उठ्छ रिस ?

तपाईं हामी मध्ये धेरैलाई रिस उठ्छ कतिलाई बढी त कतिलाई कम हो हामी मध्य धेरैलाइ त साना साना कुरामा पनि रिष उठ्ने गर्छ । रिस उठ्नु प्रकृतिको नियम पनि हो । स्वस्थ आवेग समान्य हो, तर रिस उठ्दा विवेक नै गुम्छ भने होसियार हुनुपर्छ । रिस घटाउन काउन्सेलिङले पनि सहयोग गर्न सक्छ ।
आक्रामक रिस भने बढी खतरनाक हुन्छ, किनकि यस्तो अवस्थामा रिसाउने व्यक्तिले अरुलाई हानी गर्न सक्छ ।
आक्रमक वा क्रोधित भएको अवस्थामा आफ्नो नियन्त्रण गुमाउनुलाई चिकित्सकीय भाषामा इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर ९आइइडी० भनिन्छ । वैज्ञानिकका अनुसार मानसिक असन्तुलन र अस्वस्थता जस्तै, डिप्रेसन, वाइपोलर डिसअर्डर, सिजोफ्रेनिया, डिमेन्सिया र अल्जाइमर रोगका कारण मानिसमा बढी रिस उठ्छ ।
उच्च रक्तचाप, हृदयाघात, स्ट्रोकको समस्या र पाचन प्रणालीमा हुने गढबडीले पनि मानिसमा अत्यधिक रिस उठ्छ । न्युरो वैज्ञानिकका अनुसार दिमागको कुनै निश्चित भाग जस्तै, कोर्टेक्स, एमिगडालामा असर भएमा मानिसलाई अनियन्त्रित रिस उठ्छ । अनियन्त्रित रिस र आक्रामक स्वाभावले ब्रेन इन्जुरी बनाउँछ ।

प्रकाशित : शुक्रबार, माघ ०८, २०७२०८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन महिलाको मुखबाट पुरुषले सुन्न चाहने ६ कुरा