खाली पेटमा भूलेर पनि खानु हुदैन यि ७ चिज

तपाई हामी धेरैको बानि जतिबेला ज पायो तेइ खाने बानि छ ।यो बानि नराम्रो हो यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । त्यसैले खानेकु्रा खानेमात्र भनेर हुदैन यसलाई कसरी र कहिले खाने भन्ने कुरा जान्न्नु पनि जरुरि छ। कुनैपनि कुरा हामीले आवश्यकता भन्दा बढी र कुबेलामा खानु हुदैन । यसरी कुनै बिचार नगरी खाएको खानाले स्वास्थ्यमा गम्भीर असर पनि गर्न सक्छ। केही खानेकु्राहरुले मानिसको शरिर अनुसार पनि असर गरिरहेको हुन्छ ।  कसैको शरिर गरम कुराहरु नसहने खालको हुन्छ भने कसैको शरिर सर्दि कुराहरु नसहने खालको हुन्छ । केही यस्ता चिजहरु छन  जसलाई खाली पेटमा खायो भने पेटमा खराबीमात्रै होइन, स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु पनि देखापर्दछन ।
जानिराख्नुस यी हुन् खाली पेटमा कहनु नहुने ७ चिजहरु

१.केरा :  नियमीत रुपमा केरा दूधसँग खायो भने वजन बढ्छ । तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुईगुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच हुने, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने आदि हुन्छ । तसर्थ केरा खाली पेटमा नखानु नै बेस ।

२.अल्कोहल :  पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाईकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

३.दूध हालेको चिया : बिहान उठेर चिया पिउनु त नेपालीको संस्कार  नै भइसक्यो । तर, तपाईं एकाबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै मन लागेमा दूध नहालेको कालो चिया पिउनु बेस हुन्छ ।

४ .सखरखण्ड :  सखरखण्ड खानमा निकै मिठो किन नहोस, तर यो खाली पेटमा खाँदा यसले शरिरलाई कति पनि फाईदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । खाली पेटमा यसको सेवनले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।

३.काँचो गोलभेंडा :  काँचो गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा भने खानु हुँदैन ।। किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने जस्ता समस्या उत्पन्न देखापर्दछ । खाली पेटमा गोलभेंडा खाँदा पत्थरीको खतरा पनि दुईगुणा बढ्दछ ।

६.सोडा :  सामान्यतया एसिडिीटी बढेको बेला हामी सोडा खाने गर्दछौ । हाम्रो शरिरमा ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । तर हामीले खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाती र आँतमा पनि जलन हुनसक्छ ।

७.प्राय औषधीहरु :  केहीलाई छोडेर प्राय ओषधी खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्तहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँगको सल्लाहबाट मात्र सेवन गर्नुहोस । यसका लागि आफुखुशी औषधी सेवन गर्ने बानी त्याग्नुहोस ।

प्रकाशित : बुधबार, माघ ०६, २०७२०७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिनावारीको समयमा भूलेर पनि खानु हुदैन यी ६ चिज