महिनावारीको समयमा भूलेर पनि खानु हुदैन यी ६ चिज

महिनाबारीका समयमा अधिकांश महिलाहरुको महिनावारीको गडवडी र महिनावारीको समयमा हुने अस्वस्थ्ता  प्रमुख समस्या हो । तर धेरै महिलाहरुलाई थाहा नहुन सक्छ कि महिनावारीको अनियमितता , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा हामीले खाने खानेकुराको पनि भूमिका हुन्छ । त्यसैले महिनावारीको समयमा तपाइको शरिरलाई हानी गर्ने यी खानेकुराबाट जोगिनुस र हरेक महिना झेल्दै आउनु भएको समस्याबाट केही मात्रामा भएपनि पार पाउनुहोस । त्यसका लागि यी खानेकुराहरु महिनावारीको समयमा भूलेर पनि नखानुस ।

१) कफी स् महिनावारी नियमित नहुने समस्या छ भने कफि नपिउनु राम्रो हुन्छ ।कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ । कफिमा पाइने क्याफिन यसको कारक तत्व हो ।

२) बोसो युक्त मासुहरु स् महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने मासु खाँदै नखानु राम्रो हुन्छ । मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उपयुक्त हुन्छ ।

३) प्याकिङ गरिएका खानेकुरा स् महिनावारी भएको समयमा बजारमा पाइने प्याकिङ गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।

४। चिनीजन्य खानेकुरा स् महिनावारीको समयमा केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ। गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु उपयुक्त हुन्छ । चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ । दुखाई बढ्नुका साथै, लामो समय पिडा दिन सक्ने हुन्छ ।

५) आइसक्रिम स् क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ । मन पर्ने कुरा छोड्ने चाहना कसलाई हुन्छ र आइसक्रिम, क्रिम र चिज जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ। अधिक मात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक नहुन सक्छन।

६) प्रशोधन गरिएका खानेकुराहरु स् सजिलो र सुविधाजनक भएता पनि महिनावारीका समयमा स्वादकै निम्ति भनेर प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स, चीजबल्स आदि खानु उपयुक्त हुँदैन ।यस्ता खानेकुरा मध्ये पनि अधिकमात्रामा नुनको प्रयोग भएको छ भने त्यसबाट टाढा रहनुहोस । साथै सोडियमको मात्रा बढी भएको खाना पनि महिनावारीको समयमा कम खानु उपयुक्त हुन्छ ।

एज्न्सीको सहयोगमा 

प्रकाशित : बिहिबार, माघ ०७, २०७२०७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैँशमा किन आउँछ डन्डीफोर ? कसरी हुन्छ उपचार