यी हुन् मृगौला बचाउने ५ तरिका

तपाइलाई थाहा छ मृगौला हाम्रो शरिरका महत्वपूर्ण अंगहरु मध्ये एक हो । त्यसकारण हामिले हाम्रो मृगौलाको  विशेष ख्याल राख्नु पर्दछ । मृगौला रोगले ज्यान नै जान सक्छ यसको उपचार खर्च पनि महँगो छ । केहि सामान्य कुराहरुमा हामीले ध्यान पुरौना सक्यौ भने पनि र दैनिक खान पनमा सामान्य ख्याल गर्ने हो भने पनि हामीले मृगौला जोगौना सक्छौं। मृगौलालाइ यदि हामी साच्चिकै स्वस्थ राख्न चाहन्छौ भने खानेकुरामा विशेष ध्यान पुर्याउनु पर्दछ । जसका लागि हामिले खानेकुरामा केही चिज यसरी मिलाएर खानु पर्दछ ।

१.खानेकुरामा दैनिक प्याजको प्रयोगले स्टोन हुने सम्भावना कम हुन्छ । जसबाट हामिले मृगौलालाई जोगाउन सक्दछौं
२.बेसारमा एन्टीसेप्टकको  गुण हुने भएकाले बेसार पनि मृगौलाको लागि उत्तम चिज हो । तसर्थ दैनिक खानेकुरामा बेसारको प्रयोग गर्ने गर्नुस् ।
३.अदुवा पनि मृगौलाको लागि एकदमै राम्रो मानिन्छ । अदुवाले शरिरको विषालु पदार्थहरु बाहिर निकाल्न मद्धत गर्दछ ।
४.धनियालाई पनि मृगौलामा भएको स्टोन निकाल्न मद्धत गर्ने खानेकुराको रुपमा लिइन्छ ।तसर्थ दैनिक धनियाको सेवन गर्नुहोस् ।
५.मुला र यसको पातको रस दैनिक सेवन गर्नाले पनि मृगौलामा खराबी हुनबाट जोगिन्छ ।

यसका साथै प्रशस्त पानी पिउनाले पनि तपाई मृगौला सम्वन्धि रोगबाट केहि हद सम्म बच्न सक्नुहुन्छ।
स्रोत : स्वास्थ्य खबर पत्रिका

प्रकाशित : बुधबार, माघ ०६, २०७२०७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खाली पेटमा भूलेर पनि खानु हुदैन यि ७ चिज