काठमाडौँ, गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासंग इन्गेजमेन्ट गरेकी छिन्। बिहिबार सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्दिरालाई फेसन डिजाइनर शरद केडियाले औठी लगाइदिएका हुन्।
गायिका जोशी बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन सगरमाथा आधार शिविरमा पुगेकी थिइन्। त्यसै मौकामा शरदले इन्दिरालाई औंठी लगाइदिएका हुन् । धरै लामो समय देखि सामाजिक सञ्जालहरुमा इन्दिरालाई उनको विवाहको बारेमा प्रश्न सोधेर हैरान बनाउने यतिबेला मौन भएका छन् ।
२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा र शरद हेलिकोप्टरमार्फत त्यहाँ पुगेका थिए। इन्दिराले सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै लेखेकी छिन, “उसले सोध्यो, ‘के तिमी मसंग बिहे गर्छौ?’ अनि मैले भने एस । आइ लाभ यु शरद ।’ पछिल्लो समय इन्दिरालाई नेपाल आइडलको जजको रुपमा देखिदै आएको थियो भने अहिले इन्दिरा नयाँ गायन रियालिटी शो ‘सा रे ग म पा’ मा जजको भूमिकामा देखिने भएकी छिन् ।