सलमान खानाले भने: त्यो हाम्रो सबैभन्दा लामो सम्बन्ध थियो, अब हामी फेरी भेट्न तत्पर छौँ !

बिग बोस सिजन १५ को सुरुवात अक्टुबर २ बाट हुने भएको छ । जसमा सलमान पहिलो सिजन जस्तै होस्टको रुपमा देखिने छन् । गत बिहिबार शोको आयोजक टिमले पत्रकार सम्मेलन गरेको थियो । जसमा सलाम देश बाहिर भएको कारण कार्यक्रममा सलमान भिडियो कलाको मध्यमबाट जोडिएका थिए । यस क्रममा सलमानले उनको जीवनको सम्बन्धमा लामो समयसम्म टिकेको सम्बन्धको बारेमा बताएका थिए ।

वास्तवमा शोको उद्घाटन समारोह मध्य प्रदेशको पन्च राष्ट्रीय पार्कमा आयोजित गरिएको थियो । यस अवसरमा सलमान देश बाहिर भएको कारण भिडियो कलको माध्यमबाट जोडिएका थिए । उक्त्त अवसरमा सलमानले उनको जीवनमा लामो समय सम्म टिकेको सम्बन्धको बारेमा खुलासा गरेका थिए । उनले भने कि उनको लामो समय देखिको सम्बन्ध बिग बोस सँग रहेको छ ।

सलमान खानले आफ्नो सम्बन्धको स्थितिलाई ठट्टा गर्दै भने, ‘बिग बोस र मेरो सम्बन्ध, यो शायद एक मात्र सम्बन्ध हो जुन यति लामो समय सम्म चलेको छ। केहि सम्बन्धहरु यस्ता छन्, अब म के भन्नू? बिग बोसले मेरो जीवनमा एक प्रकारको स्थिरता ल्याएको छ। जब हामी अलग हुन्छौँ हामी फेरि भेट्नको लागी आतुर हुने गर्दछौँ ।

बिग बोस १५ को बारेमा कुरा गर्दै सलमान खानले भने बिग बोसको १५ औं सिजनलाई जंगल थीम दिइएको छ । यस पटक प्रतियोगीहरु शोमा मात्र जीवित रहने किट पाउनेछन्। यस बाहेक शोको नियममा पनि परिवर्तन गरिएको छ। बिग बोस १५ का लागि शमिता शेट्टी, उमर रियाज र निशान्त भट्टको नाम तय भइसकेको छ।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महानायक राजेश हमाल नभई भुवन केसीलाई मान्नु पर्छ – सोभित बस्नेत !