बलिउड अभिनेत्री यतिबेला कश्मिरमा साथि हरुको साथमा घुम्दै गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । अभिनेत्रीले केही दिन पहिले भारतको घाटीमा अवस्थित एक शेषनाग तालबाट एकदमै सुन्दर तस्बिर सार्वजनिक गरेकी थिइन् । यतिबेला अभिनेत्री उनको धर्म मुस्लिमको धार्मिक स्थल मस्जिद साथै हिन्दु धर्मा लम्बीहरुको मन्दिर, गुरुद्वारा भ्रमण गर्ने फोटोहरु सार्वजनिक गरेकी छिन् । साराले तस्बिर मार्फत धर्मसँग सम्बन्धित सन्देश पनि दिएकी छिन् ।
साराले धेरै तस्बिर सार्वजनिक गरेकी छिन् । साराको पहिलो तस्बिरमा उनि नमाज पढ्दै गरेको देख्न सकिन्छ । यस तस्बिरमा साराले सिरमा दुपट्टा लगाएकी छन् । तस्बिरमा सारा दुबै हात उठाएर भगवानको आरधना गर्दै गरेको जस्तो देख्न सकिन्छ । साराको यस तस्बिरले धरै कुरा बताउँछ।
दोस्रो तस्वीर गुलमर्गका बाबा रेशीको हो जहाँ उनी भाकलको धागो बाध्दै गरेको देख्न सकिन्छ । उनले यो स्थानबाट आफ्नो साथीहरु सँग एक फोटो साझा गरेकी छिन् ।
यसबाहेक उनले गुरुद्वाराबाट आफ्नो फोटो र भिडियोहरु पनि साझा गरेका छन्। अभिनेत्री साराले यी विभिन्न धार्मिक स्थलको भ्रमण गर्दै क्याप्सनमा लेखेकी छिन् । ‘ सर्व धर्म सम भाव’ अर्थात सबै धर्म समान हुन् । विभिन्न धार्मिक स्थानहरु बाट साराले सार्वजनिक गरेको तस्बिरबाट नै यस कुरालाई प्रमाणित गरेको छ ।
यतिबेला साराले विभिन्न धार्मिक स्थलको भ्रमण गरेको तस्बिर र साराले सबै धर्म प्रति देखाएको सम्मान देखेर अभिनेत्रीलाई फ्यान हरुले विभिन्न किसिमको कमेन्ट गरेका छन् । अभिनेत्रीले धर्म प्रति देखाएको सम्मान देखेर फ्यानहरु सारा प्रति गर्व गरिहेका छन् ।
तस्बिर श्रोत : सारा अलि खान इन्स्टाग्राम