अभिनेत्री नोरामा आएको सोच्नै नसकिने परिवर्तन, केहि वर्ष पहिले यस्ती देखिन्थिन् नोरा !

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीको डान्स तथा सौन्दर्याताको सबैले प्रसंसा गरेको पाउन सकिन्छ । मानिसहरु अहिलेको समयमा नोराको शैली तथा अभिनयको साथै डान्सलाई निकै रुचाउछन् । नोरा प्राय: उनको अद्भुत डान्सको कारण परिचित छिन् । जब नोरा कुनै पनि भिडियो तथा स्टेज शोमा देखिन्छन् तब उनको सुन्दर्ताको निकै तारिफ हुने गरेको पाउन सकिन्छ । अहिले फेरी नोराको केहि तस्बिर सामाजिक सञ्जालमा तिब्र रुपमा  भाइरल भैरहेको छ । यस तस्बिरमा अभिनेत्रीमा आएको परिवर्तन सहजै देख्न सकिन्छ ।

अभिनेत्री, डान्सर, मोडल र निर्मात्री नोरा कहिले पनि आफुलाई विभिन्न शैलीमा प्रस्तुत गर्नमा निरास हुदिनन् । जब अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा आउछ भाइरल हुन केहि समय पनि लाग्दैन । त्यस्तै अभिनेत्रीको यतिबेला केहि पुराना तस्बिर भाइरल भैरहेका छन् । जसलाई देखेर फ्यानहरु आश्चर्यचकित छन्।

नोराले आफुलाई पुरै रुपमा परिवर्तन गरेकी छिन् । अभिनेत्रीमा आएको परिवर्तन उनको तस्वीरमा स्पष्ट देखिएको छ। नोरा उनको शरीरक सन्तुलन राख्न देखि ड्रेसिंगमा निकै मेहनत गर्छिन् ।

नोरा बलिउडमा आउनु भन्दा पहिले दक्षिण भारतको विभिन्न फिल्ममा काम गरिसकेकी छिन् । पछिल्लो समयमा नोरा अभिनय भन्दा पनि बलिउडमा उनको आइटम डान्सको कारण परिचित छिन् । अभिनेत्रीले सानै उमेरबाट मोडालिंग गर्न सुरु गरेकी थिइन् ।

फिल्म मात्र होइन नोराले हिन्दी टेलिभिजन उद्योगमा पनि आफ्नो छाप छोडिन्। उनी ‘बिग बोस’ ‘र’ झलक दिखला जा ‘ मा एक प्रतियोगीको रूपमा देखिएकी थिइन्।

प्रकाशित : बिहिबार, असोज ०७, २०७८१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता शिव श्रेष्ठले महानायक भुवन केशी हुन् भन्दा, राजेश हमालको आयो यस्तो स्टाटस!