जन्मना साथ अभिनेत्री प्रियंकाको छोरीको इन्स्टाग्राम खाता !

काठमाडौँ – गर्भवती भएयता लगातार चर्चामा रहेकी प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्। उनले बुधबार छोरीलाई जन्म दिएकी हुन्। कार्की आफैंले सामाजिक संजाल इन्स्टाग्राम मार्फत आफूले छोरी जन्माएको जानकारी दिएको छन्।

उनले बुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्। सार्वजनिक तस्विरमा प्रियंकासँगै श्रीमान् आयुस्मान पनि देखिएका छन्। तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छन्,”हाम्री सानी परी, संसारमा स्वागत छ, हाम्रो जीवनमा स्वागत छ”

प्रियंकाले छोरीको नामकरण पनि गरिसकेकी छन्। प्रियंकाका अनुसार उनकी छोरीको नाम आयंका कार्की जोशी राखिएको छ।

जन्मिने बितिकै आयंका इन्स्टाग्राममा

प्रियंका र आयुस्मानले बुधबार मात्र जन्मिएकी आयंकाको इन्स्टाग्राम एकाउन्ट खोलिदिएका छन्। उक्त इन्स्टाग्रामको पहिलो पोस्टमा प्रियंका र आयुस्मानले आयंकाका तस्विरहरु पोस्ट गर्ने छन्।

“हेल्लो वर्ल्ड ! म आयंका।”,आयंकाको पहिलो इन्स्टापोस्टमा भनिएको छ। इन्स्टाग्राम एकाउन्ट खोलिएको केहि घण्टा नपुग्दै २ हजार ८ सय बढीले फलो गरिसकेका छन्।(यो समाचार तयार पार्दाको तथ्यांक)

प्रकाशित : बुधबार, असोज ०६, २०७८१८:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमानको पहिलो प्रेम, भन्छन् उनि सँग विवाह भएको भए अहिले हजुरबुबा बन्ने थिए !