सलमानको पहिलो प्रेम, भन्छन् उनि सँग विवाह भएको भए अहिले हजुरबुबा बन्ने थिए !

बलिउड अभिनेता सलमान खानको ठुलो संख्यामा फ्यान फलोइंग रहेको छ । अभिनेता सलमान खान उनको अभिनय क्षेत्र बाहेक उनको व्यक्तिगत जीवनको कारण पनि चर्चामा हुने गरेका छन् । अभिनेता ५५ वर्षको उमेरमा पनि अझै कुनै जवान अभिनेता भन्दा कम छैनन् । तर अभिनेता सालमा ५५ वर्षको उमेर सम्म पनि अविवाहित नै छन् । भारतीय मिडियाहरुमा सलमानको प्रेम चर्चा धरै अभिनेत्रीहरु सँग भएको पाउन सकिन्छ ।

कुनै एक समयमा अभिनेता सलमानको एक युवती सँग यस्तो किसिमको प्रेममा परेका थिए की ति युवती सँग सलमान विवाह गर्ने सोचमा पुगेका थिए । पछी केहि कारणले सलमानको ति युवती सँगको प्रेम सम्बन्ध टुटेको थियो । अन्यथा सलामनको त्यस प्रेम सम्बन्धले पूर्णता पाएको भए आजको समयमा सलमान हजुरबुबा बनिसकेका हुन्थे ।

वास्तवमा अहिले सलमानको एउटा भिडियो निकै भाइरल बनिरहेको छ। यसमा उनी अभिनेता अजय देवगन र काजोललाई उनको बचपनको प्रेमको बारेमा बताइरहेका छन्। यो भिडियो ‘बिग बोस १३’ को हो। काजोल र अजय देवगन बिग बीसको घरमा अतिथिको रुपमा त्यहाँ आएका थिए। यस क्रममा काजोलले सलमानलाई सोधेकी थिइन् ‘ के तपाईलाई कहिल्यै कुनै पनि केटि मन परेर उसलाई भन्नु भएको छ।’

यसको जवाफमा सलमान भन्छन्। ‘हो भगवानलाई धन्यवाद कि मैले भनिन । त्यस समयमा उसको कुकुरले मलाई टोकेको थियो ।’ यसमा अजय देवगन भन्छन्, ‘अब उनको पतिले टोक्नेछन्।’  यस पछि सलमान भन्छन्, म उसलाई धेरै मन पराउँथे। तर सोचे कि सायद उसले मलाई अस्वीकार गरिन् भने त्यसैले मैले उनलाई भनिन। मेरो मिल्ने तिन जना साथिहरु थिए । ति तिन साथिहरु सँग त्यस युवतीको कुनै फरक-फरक समयमा प्रेम थियो । पछी थाहा भयो कि उसले पनि मलाई मन पराउथिन् । त्यस पछी उसको र मेरो भेट भएको थिएन तर आज भन्दा ५ वर्ष पहिले मैले उसलाई भेटेको थिए।’

सलमान थप भन्छन ‘ जब पछिल्लो समयमा मैले उसलाई भेटेको थिए त्यस समयमा उनि हजुर आमा बनिसकेकी थिइन् । उनका ठूला नातिनातिनाहरु थिए। तब म उसलाई कसरी भनूँ? भेटको समयमा उनले भनिन् कि मेरा नातिनातिनाहरु तपाईका ठूला फ्यान हुन् । जब मैले उनलाई भेटे र उनि सँग कुरा भएको थियो त्यस समयमा मलाई लागेको थियो कि मैले त्यस समयमा विवाह गरेको भए अहिले म हजुरबुबा बन्ने थिएँ।

प्रकाशित : बिहिबार, असोज ०७, २०७८११:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री साराले मस्जिद देखि मन्दिरको दर्शन गरेको तस्बिर सार्वजनिक गर्दा फ्यानहरुको आयो यस्तो प्रतिकृया!