पछिल्लो समयमा गर्वास्थाको कारण चर्चामा आएकी अभिनेत्री प्रियंका कार्कीलाओ पुत्री लाभ भएको छ ।
काठमाडौँ – नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्। कार्की आफैंले सामाजिक संजाल इन्स्टाग्राम मार्फत आफूले छोरी जन्माएको जानकारी दिएको हुन्। तस्विर समेत राख्दै प्रियंकाले छोरीको नाम समेत सार्वजनिक गरेकी छन्। प्रियंकाले इन्स्टाग्राममा गरेको पोस्ट अनुसार प्रियंकाकी छोरीको नाम आयंका कार्की जोशी राखिएको छ।
केहि समय पहिले देखि नै अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् ।
केहि समय पहिले देखि नै अभिनेत्री उनको गर्भावस्थ तस्बिर सार्वजनिक गर्दै आएकी थिइन् । केहि समय पहिले अभिनेत्रीले हस्पिटल जाने भन्दै उनको युटुब च्यानलमा एक भिडियो सार्वजनिक गारेकी थिइन् । उक्त्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । त्यस बाहेक समय-समयमा अभिनेत्रीले उनको गर्भावस्थाको विभिन्न क्रियालापको तस्बिर सार्वजनिक गर्दै आएकी थिइन् ।
हिजो मात्र अभिनेत्रीले उनको गर्भमा भएको बच्चाको अवस्था जान्न भन्दै हस्पिटल गएको तसबिरा सार्वजनिक गरेकी थिइन् । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।