नेहा कक्कड भइन् गर्भवती ? यस्तो छ उनको पारिवारिक योजन !

बलिउड क्षेत्रको चर्चित गायिका नेहा कक्कड गायनको अलावा उनको व्यक्तिगत जीवनको विषयलाई लिएर पनि चार्चामा हुने गरेकी छिन् ।

अहिलेको युवा पुस्ताको रोजाईमा पर्न सफल बलिउड क्षेत्रको चर्चित अभिनेत्री नेहा कक्कड उनको गायन बाहेक उनको व्यक्तिगत जीवनको कारण पनि समय-समयमा चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय नेहाको फ्यानहरु उनले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिर हेरेर उनि गर्भवती भएको अनुमान लगाउन लागेका छन् । हाले नेहाले यस विषयमा मुख खोलेकी छिन् ।

हालै नेहा चर्चित रियालिटी शो ‘डान्स दिवानेको सेटमा पुगेकी थिइन् । त्यस समयमा उनले हुनको हुने बच्चाको बारेमा ठुलो खुलासा गरेकी थिइन् । नेहाको साथमा उनको भाई टोनी कक्कड र प्रसिद्ध गायक हनी सिंह थिए। यी तीन कलाकारहरु आफ्नो नयाँ गीत ‘काटा लाग’ को प्रचार गर्न शोमा आएका थिए। उही समयमा नेहाले भनिन् कि उनी र रोहनप्रीत यस समयमा बच्चाको योजना बनाइरहेका छैनन्।


नेहाले अहिलेको समयमा उनि बच्चा जन्माउने योजनामा नभए पनि उनलाई कस्तो बच्चा चाहिन्छ । त्यसै डान्स दिवानेको सेटमा प्रतियोगी गुन्जनले ‘लुंगी डान्स’गीत मा शानदार प्रदर्शन गरे। त्यस पछी नेहाले गुन्जनलाइ देखाउदै भनिन् । रोहन र मैले अहिलेसम्म बच्चाको बारेमा सोचेका छैनौँ । तर यदि हामीले कहिल्यै बच्चा जन्मायौं भने हामी गुञ्जन जस्तै बच्चा जन्माउन चाहन्छौं।”

प्रकाशित : बुधबार, असोज ०६, २०७८१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिषेक बच्चनले ऐश्वर्या सँग सुन्दर्ताको कारण नभई, यस कारणले गरेका थिए विवाह!