भारतीय टेलिभिजन क्षेत्रको चर्चित अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको पनि आज २० दिन भैसकेको छ । अभिनेताले २ सेप्टेम्बरमा यस संसारलाई छाडेका थिए। अभिनेता सिद्धार्थको निधनले उनको आफन्त मात्र नभई उनका फ्यानहरुमा पनि ठुलो असर पर्दछ । यतिबेला उनको चाहने मान्छेहरु उनको र उनको परिवारलाई यस कठिन परिस्थितिमा सहने शक्ति मिलोस भनेर फ्यानहरुले प्रार्थना गरिहेका छन् । यसै समयमा शहनाजको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
यतिबेला शहनाजको भाइरल भिडियोमा उनि गित गाइरहेकी छिन् । यो भिडियो शहनाज गिलको पुरानो भिडियो हो । जसलाई शहनाजले लाइभमा आएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । लाइभमा शहनाजले ‘रोई ना जे याद मेरो …’ बोलको गीता गएकी छिन् । यो एक पन्जाबी बोलको गित हो । यस भिडियो हरेर मानिसहरु निकै भावुक भएका छन् । र कमेन्टमा शहनाजलाई शीग्र स्वास्थ्य लाभको कामना गरिहेका छन् ।
स्वर्गीय सिद्धार्थले यस गीतलाई धेरै पटक गएका छन् । भने शहनाजले पनि यस गीतलाई पहिले पनि एक स्टेज शोमा गएकी थिइन् । त्यस समयमा शहनाजको यस गिलालाई त्यस समयमा मानिसहरुले निकै रुचाएका थिए । चर्चित टिभी सिरियल ‘बालिका बधु’ बाट नाम कमाउन सफल अभिनेता पछिल्लो समयमा चर्चित रियालिटी शो ‘बिग बिस-१३’ बाट सिद्धार्थको लोकप्रियता झनै बढेको थियो । तर अभिनेता सिद्धार्थको गत २ सेप्टेम्बरमा हृदयघातको कारण निधन भएको थियो ।