अहिले सामाजिक सञ्जालमा नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन ४ को प्रसारण हुने खबरले मानिसहरु निकै उत्साहित भएको पाउन सकिन्छ । त्यस्तै यस सिजनबाट नेपाल आइडलले यस भन्दा पहिलेको सिजनामा देखिदै आएका जज हरुलाई परिवर्तन गर्ने खबर असबैलाई थाहै होला । केहि समय पहिले सामाजिक सञ्जाल मार्फत नेपाल आइडलका यस भन्दा पहिलेको सिजनमा देखिदै आएका जजहरुको सहकार्यमा एक गायन रियालिटी शो प्रसारणमा आउने घोषण गरेक थिए ।
केहि समय पहिले देखि नै छिमेकी देश भारतमा लोकप्रियता कमाइ रहेको गायन रियालिटी ‘सा रे ग मा पा लिटिल च्याम्प’ प्रसारणमा आउने भएको छ । जसमा १६ वर्ष भन्दा मुनिकाले भाग लिन पाउने छन् । यस शोमा जजको भूमिकामा न्ह्यु ब्रजाचार्य’ इन्दिरा जोशी र काली प्रसाद बास्कोटा रहने भएका छन् ।
यस रियालिटी शोले आफ्नो शोको ट्रेलर सामाजिक सञ्जाल युटुब मार्फत सार्वजनिक भैसकेको छ । यस शोको नियम अनुसार शो मा मुख्य तिन जज बाहेक अन्य १६ जना जुरी जज पनि हुनेछन् । जसमा यस भन्दा पहिलेका नेपाल आइडलका प्रतियोगी साथै चर्चित रियालिटी शो भ्वाइस अफ नेपालका प्रतियोगी रहेका छन् । यस शोका आयोजकले अहिलेसम्म यस शो कहिलेबाट प्रसारण आउछ भन्ने खुलासा गरेका छिनन् ।