आज सोमवती पुर्णिमा, जीवनमा खुशि र समृद्धि प्राप्त गर्नको लागि गर्नुहोस् यस्ता उपाय !

पूर्णिमा र सोमबार अमावस्याको विशेष महत्वो रहेको छ । यस पटक सोमावती पुर्णिमा महिनाले असोज र तिथि अनुसार भदौ महिनाको पुर्णिमा अर्थत आज परेको छ। ज्योतिष शास्त्र र रातो किताबमा भने अनुसार जीवनमा शुख समृद्धि प्राप्त गर्नको लागि आज अर्थात पुर्णिमाको दिन निकै विशेष दिन मानिएको छ । आज हामि यस्ता कुराको बारेमा बताउने छौँ जसले जीवनमा शुख समृद्धि ल्याउने छ ।

मान्यता रहेको छ कि पुर्णिमाको दिन पिपलको रुखमा धनकी देवी लक्ष्मीको वास हुन्छ । यदि प्रत्येक पूर्णिमाको दिन बिहान पीपलको रुखमा नुहाएर सुद्ध दूध चढाउने हो भने लक्ष्मी मात खुशी हुन्छन् र धन प्रदान गर्नु हुनेछ ।

जो आर्थिक संकटको सामना गरिरहेका छन् वा कुनै कारणले अचानक पैसाको हानि भोग्नु परेको छ, ती मानिसहरु, पूर्णिमाको साँझ चन्द्रमाको उदय हुने समयमा दुधमा चिनी र चामल मिसायर ‘ॐ ऐं क्लीं सोमाय नम:’ मन्त्रले जापा गर्नु होस् । यस्तो उपाय गर्नाले आर्थिक स्थितिमा सुधार हुनेछ ।

पुर्णिमामा धनकी देवी लक्ष्मीको तस्वीरमा ११ वोटा पहेलो कौडा चढाउनु होस् । त्यसमा बेसार छर्कनुहोस् । भोलिपल्ट बिहान ति कौडा हरुलाई एक रातो कपडामा बाध्नुहोस् र आफ्नो धन राख्ने दराजमा राखुहोस् । यसो गरे जीवनमा पैसाको कुनै कमी हुनेछैन।

धन प्राप्तको लागि धनकी देवी लक्ष्मीको कृपा हुनु अत्यन्तै जरुरि हुन्छ । यसका लागि पूर्णिमामा देवी लक्ष्मीको मन्दिरमा जानुहोस् अनि वस्त्र र सुगन्धित धूप चढाउनुहोस्।

यदि यसरी पुर्णिमाको दिन पिपलको रुखमा पूजा गर्नाले भगवान विष्णुको साथमा देवी लक्ष्मीको पूजा गरिन्छ । तब दुबैको कृपाबाट हरेक काममा सफलता प्राप्त हुन्छ। यसो गर्नाले विचाराधीन काम पनि पूरा हुने मान्यता रहेको छ ।

कडा परिश्रम पछि पनि व्यापारमा कुनै प्रगति छैन वा साझेदारसँग विचार मिल्दैन भने प्रत्येक पूर्णिमा ‘ॐ नमो भगवते नारायणय’ मन्त्रले
थोरैमा १०८ पटक जप गर्नुहोस्।

प्रकाशित : सोमबार, असोज ०४, २०७८१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुध र शुक्र ग्रहको युती, यी ४ राशि रहनुहोस् निकै सावधान् !