शिल्पा शेट्टीको पति र प्रसिद्ध बिजनेस मेन राज कुन्द्रा लामो समयदेखि अ-श्लील फिल्महरु बनाएको केसमा चर्चामा छन् । अब शिल्पाले पनि यस मामिलामा आफ्नो बयान दिएकी छन्।
बलिउड अभिनेत्री शिल्पा शेट्टीले मुम्बई पुलिसलाई दिएको बयानमा दाबी गरेकी छिन्, उनि आफ नै काममा व्यस्त भएको कारण पति राज कुन्द्राको काममा र उनको गतिविधिहरुको बारेमा थाहा थिएन।
मुम्बई पुलिसले राज कुन्द्रा र उनका सहयोगी रयान थोरपे बिरुद्ध बुधबार मजिस्ट्रेट अदालत समक्ष दायर गरेको १,५०० पृष्ठको आरोपपत्रको पेस गरेको छ । यस बर्ष जुलाईमा पक्राउ परेका राज विरुद्ध मुद्दा दर्ता गरीएको छ । अ-श्लील फिल्महरुको कथित उत्पादन र केहि एपको माध्यमबाट प्रसारण गरेको आरोप लागेको छ ।
आरोप पत्र अनुसार शिल्पाले पुलिसलाई भनिन् कि उनी ह-ट श-ट्स र बलिउड फेम एपको बारेमा केहि जान्दिनन् । जुन आरोपितले आपत्तिजनक सामग्री अपलोड गर्न र स्ट्रिम गर्नको लागी कथित रुपमा प्रयोग गरेका थिए। आरोपपत्रमा भनिएको छ कि शिल्पाले दावी गरेकी थिइन् कि उनी आफ्नो पतिले के गरिरहेका छन् । किनकि उनी आफ्नो काममा व्यस्त थिइन्।
एकै समयमा अभिनेत्री शर्लिन चोपडाले पुलिसलाई आफ्नो बयानमा भनेकी थिइन् । राज कुन्द्राले उनलाई बिना कुनै हिचकिचाहट ह-ट स-ट एपको लागी काम गर्न भनेका थिए। आरोपपत्रमा भनिएको छ कि उनलाई भनियो कि ह-ट श-ट्स एपमा धेरै बो-ल्ड र ह-ट भिडियोहरु छन् । तर शर्लिनले अस्वीकार गरिन्। शर्लिनले पुलिसलाई भनिन् कि उनले राजसँगको काममा बो-ल्ड तस्बिर थिए तर तस्बिर अ-श्लिल थिएनन् । सर्लिनले थप भनिन् कि उनले राज कुन्द्रासँग भिडियो बनाएर मोबाइल एप मार्फत सार्वजनिक गर्नको लागि सम्झौतामा हस्ताक्षर गरेकी थिइनन्।