भाद्रपद महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ। यस दिन भगवान गणपतिले विदा लिन्छन् र अर्को वर्ष आउनेछन्। गणेश विसर्जनको दिन भगवान गणेशको पूजा गर्दा केहि काम गर्नु पर्छ। यी कामहरु गर्दा गणेश खुसी छन्। यस वर्ष अनन्त चतुर्दशी असोज ३ गते परेको छ ।
अनन्त चतुर्दशीको दिन भगवान विष्णुको पूजा गरिन्छ । किनकि भगवान विष्णुको प्रिय शेषनागको नाम अनन्त हो। उनको नामबाट नै चतुर्दशीको नाम अनन्त चतुर्दशी राखिएको हो।
यस दिन राख्नुहोस् व्रत: अनन्त चतुर्दशी हिन्दू धर्ममा धेरै महत्त्वपूर्ण मानिन्छ। यस दिन व्रत गरेर सबै समस्याहरु हट्ने मान्यता रहेको छ । । जब पाण्डवहरु जुवामा आफ्नो शाही महल हारिसकेका थिए । त्यस समयामा भगवान श्रीकृष्णले उनीहरुलाई अनन्त चतुर्दशीमा आफ्नो सपरिवार व्रत राख्न भनेका थिए । पछि पाण्डवहरूले फेरि शाही दरबार पाएका थिए ।
श्री विष्णुको सहस्त्रनाम पाठ: अनन्त चतुर्दशीमा व्रत राख्नुको साथै भगवान विष्णुको सहस्त्रनाम पाठ पनि गरिन्छ । यसो गरेका भक्तको सम्पूर्ण मनोकामना भगवान विष्णुले पुरा गरिदिने मान्यता रहेको छ । जीवनमा शुख सम्वृद्धि प्राप्त हुने मान्यता रहेको छ ।