बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सोशल मिडियामा ठुलो संख्यामा फ्यान फलोइंग रहेको छ । दुबै बलिउडमा एक पृथक अभिनयको कारण सबैको मनमा बस्न सफल छन् । यी दुबै अभिनेता तथा अभिनेत्री सामाजिक सञ्जालमा धरै सक्रिय छन् । तर अहिले यस्तो परिस्थिति आएको छ । अभिनेता अभिषेकले एक सामाजिक सञ्जाल ट्वीटर प्रयोग कर्ताको पोष्टको जवाफ दिन परेको छ ।
वास्तवमा सामाजिक सञ्जालमा प्रयोगकर्ताले ट्विटरमा अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाहको तस्वीर पोस्ट गरेका छन् । तस्बिरमा अभिषेक बच्चन र ऐश्वर्या राय एक अर्काको हात समातेर उभिएका छन्। ऐश्वर्या राय कसैलाई हेरीरहेकी छिन्, अभिषेक बच्चनको ध्यान क्यामेरा तर्फछ।
वास्तवमा नै यो तस्बिर अद्भुत छ । तर वास्तवमा यो तस्वीर नक्कली हो। तस्वीर देखेपछि अभिषेक बच्चन आफैले यसको प्रतिक्रिया दिएका छन्। अभिषेक बच्चनले जवाफ दिए र लेखे, ‘यो फोटोशप गरिएको तस्वीर हो।’ अभिषेक बच्चनको यो ट्वीटमा उनका सबै प्रशंसकहरु अभिनेताको विवाहको वास्तविक तस्वीरहरु साझा गरेका छन्।
वर्कफ्रन्टको कुरा गर्ने हो भने अभिषेक बच्चनको फिल्म ‘द बिग बुल’ केहि समय पहिले रिलीज भएको थियो। आउँदो समयमा अभिषेक बच्चनको धेरै फिल्महरु रिलीज हुने छन्। उनको फिल्म ‘बब विश्वास’ यसै बर्ष रिलिज हुन गइरहेको छ । जसको लागी अभिषेकले आफ्नो धेरै तौल बढाएका थिए। यस बाहेक उनको फिल्म ‘दशवी’ २०२२ मा रिलीज हुनेछ ।