अहिलेको समयमा बलिउड अभिनेता शाहरुख खानको फ्यान फलोइंग संसार भरी छरिएर रहेका छन् । अभिनेता शाहरुख खान अहिलेको समयमा सबैको प्रिय भएका छन् तर कहिले काही बलिउड अभिनेता शाहरुख खानले ट्रोलरहरुको समान गर्न पर्ने हुन्छ । हालै बलिउड अभिनेता शाहरुख खानको विरुद्धमा, शाहरुखा खानलाई बहिष्कार गरौ भन्ने अभियान चलेको छ ।
बलिउड सुपरस्टार शाहरुख खानको बिरुद्ध बिहीबार बिहान देखि ट्विटरमा एक किसिनको भना भन नै चलेको छ । बिहानदेखि नै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अभिनेतालाई बहिष्कार गर्न माग गरिरहेका छन्।
यस्तो अवस्थामा अभिनेतालाई सामाजिक सञ्जाल ट्विटरमा शाहरुख खानलाई बहिष्कार गरौ भन्न अभियान चलेको छ ।
वास्तवमा यी दिनहरु शाहरुख खानको एक पुरानो तस्वीर सोशल मीडियामा धेरै भाइरल बनिरहेको छ । यस तस्बिरमा अभिनेता पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग देखिएका छन् । यस तस्बिर अभिनेता शाहरुख खान पाकस्तानी प्रधानमन्त्रीसँग देखिएको भनेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको अर्को फिल्म ‘पठान’ को बहिष्कार गर्न थालेका छन्।
एकातिर शाहरुखको बहिष्कार भइरहेको छ, तर उनका समर्थकहरु उनको समर्थनमा उभिएका छन् र सामाजिक सञ्जालमा शाहरुख खानका फ्यानहरुले हामी शाहरुख खान लाई माया गर्छौ भन्ने अभियान चालाएक छन् । यतिबेला शाहरुख खानाका समर्थहरु उनको केहि पुराना तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जहाँ अभिनेता आफनो घरको बालकोनीमा बसेर आफ्ना कयौ फ्यानहरुलाई मायाको साथमा देखिएका छन् ।