अभिनेता शाहरुखको फ्यान प्रतिको मोह अझै पनि उस्तै छ । शाहरुख खानकी छोरी सुहाना खानले भर्खरै आफ्नो १८ औं जन्मदिन मनाइन्। सुहाना १८ बर्षको हुँदा शाहरुखले आफ्नी छोरीलाई स्वतन्त्रता दिएका छन्।
सुहान खान १८ वर्ष पुगेको अवसर शाहरुखले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेका थिए । जसमा उनले छोरी सुहानालाई उनको जन्मदिनको शुभकामना दिँदै भनेका थिए । ‘हरेक छोरीहरु जस्तै तिमि पनि आजता हुन चाहान्छौ । अब तिमि कानुनी रुपमा अरुले जस्तै गर्न सक्छौ । जुन तिमि १६ वर्षको उमेर देखि गर्दै आएकी छौँ । लव यु’ अभिनेताले उनको पोष्ट मार्फत भनेका छन् कि अब उनको छोरी पूर्ण रुपम मुक्त भएकी छिन । अब सुहानाले सबैथोक गर्न सक्छिन जुन उनको जीवनलाई राम्रो गर्दछ।
शाहरुख र गौरीको एउटै छोरी छन्। गौरीको जन्म सन २००० मे २२ मा भएको थियो। शाहरुख खान उनको छोरीको धरै नजिक छन् । पछिल्लो समयमा सुहाना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनि प्राय: उनको र उनका साथीको तस्बिर सार्वजनिक गर्ने गर्छिन् । सुहानाको हरेक तस्बिरमा उनको फरक शैली देख्न सकिन्छ ।
सुहाना खान अमेरिकामा अध्ययनरत छिन्। सुहानाले लण्डनबाट स्नातक गरेकी हुन्। त्यसपछि उनी थप अध्ययनका लागि न्यू योर्क गइन्। त्यहाँ सुहाना फिल्म निर्माण सम्बन्धि अध्यन गर्दै छिन् । अहिलेको अवस्थामा भने कोरोनाको कारण सुहान मुम्भई बस्दै आएकी छिन् । यतिबेला मुम्बईमा रहेर आफ्नी परिवारको साथमा समय बिताई रहेकी सुहाना केहि समय पछी न्यु योर्क फर्कने छिन् ।